फेन्थेकमा मे २६ मा विश्व शान्ति एसियन महोत्सब अयोजना हुदैँ


जिवन अर्याल,१९ मे २०१९ कोरिया l
विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people's day) को अवसरमा दक्षिण कोरियामा पनि मे महिनामा बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l
यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१९ मे २६ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको आयोजनामा र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा आयोजना हुन लागेको एसियन विश्व शान्ति महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l
सो समारोहमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि फेन्थेक प्रबाशी सहयोग केन्द्र नेपाली समिती कोरियाले हार्दिक अनुरोध गरेको छ l फेन्थेक नेपालीहरु द्वारा प्रकाशित सुचना अनुसार समारोहमा बिबिध मनोरन्जनात्मक खेल कार्यक्रमहरु हुनुका साथै एसियन आ आफ्ना राष्ट्रका राष्ट्रिय पोशाक परेड प्रदर्शनी ,कला ,सस्कृति , खानाका फूड स्टलहरु,विभिन्न प्रतियोगितात्मक अवसरहरु र गीत गायन -नृत्य प्रतियोगिताहरु पनि रहेको हुदा नेपाली कला सास्कृतिक गतिविधि झल्काउन गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरिएको छ l
फेन्थेक माइग्रेन्ट सेन्टर - नेपाली समितिको सुचना :
प्रवाशी मजदुर हरूको सुख-दुखको साथी को रुपमा परीचित यस गौरवमय संस्था प्रवाशी मजदुर सहयोग संगठन फेन्थेकद्वारा दक्षिण केरियामा रहेका विविन्न एसीयन राष्ट्रका नागरिक हरुबिच आ-आफ्नै राष्ट्रको संस्कार,संस्कृती झल्काउने बहुसास्कृतिक मेला [बाह्रौं एसिएन महोत्सव २०१९, 12'th Asian Festival -2019 ] को आयोजना गरिएको हुनाले हामी नेपाली हरु यस संस्थॉको नेपाली कम्युनिटी मार्फत रहेर बिगत लामो समय देखिको पुर्ण पुर्व तयारिका साथ विविध प्रतिस्पर्धात्मक क्षेत्रमा सहभागीता जनाउदै छौं ।उक्त बृहत आयोजनाको अवसर पारेर हामी हाम्रो राष्ट्रलाई सबैमॉझ चिनाउने बिषेस उद्देश्यका साथ विविध प्रस्तुती संगै उपस्थित हुने ब्यहोरा यहॉहरुमॉझ जानकारी गराउदछौं ।साथै दक्षिण कोरियामा रहनुहुने सम्पुर्ण नेपालीजन हरुमा उक्त कार्यक्रममा उपस्थिती जनाई मनोरन्जन लीनुहुन र अनेकौं उपहार जित्ने अवसरको सदुपयोग गर्नुहुनको निमित्त निम्न मिति र समयमा यहॉहरुको गौरवमय उपस्थियीको लागी हार्दिक निमन्त्रणा गर्दछौं । मिति : 2019-05-26आइतवार समय: बिहान ठिक 11 बजे बाट साझ 05 बजे सम्म स्थान : फेन्थेक एक (AK PLAZA प्राङ्गड) Asian Festival का आकर्षणहरु :Singing Competitions तर्फ 1'st price :S10 Mobile 2'ndprice.....) 3'rd price:Cycle Food competitions तर्फ 1'st price :42 ench LED TV 2'nd price :Tablet 3'rd price: 11 प्रकार का Game तर्फ 1'st price :11 ओटै Game जित्ने 3 जना लाई :Cycle 2'nd price :10 ओटा Game जित्ने 8 जना लाई :  3'rd price :9 ओटा Game जित्ने 80 जना लाई :नरिवल को रुख चड्ने Game तर्फ 1'st price: 100$ (अमेरिकी डलर ) 2'nd price:  5 जना+ लाई 3'rd price:10 जना+लाई
आयोजक : फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर सहकार्य : फेन्थेक माइग्रेन्ट वेलफेयर सेन्टर नेपाली समिति
(अन्य विविध जानकारि को लागी ) 
सम्पर्क:
लक्ष्मण पौडेल :010-5834-9514 बिशाल थापा :010-5946-1415
जिवन अर्याल :01074205299 धन्यवाद।




,

0 comments

Write Down Your Responses

-->