रास्कोट अस्पताल सहयोग अभियान कोरियाको पत्रकार सम्मेलनमा हार्दिक निमन्त्रणा

रास्कोट सामुदायिक अस्पताल सहयोग अभियान कोरियाको "पत्रकार सम्मेलन तथा हार्दिक धन्यबाद ज्ञापन कार्यक्रम "आगामी अप्रिल ७ मा हुदै , सहभागीता जनाईदिनुहुन सम्पूर्ण कोरियाबासी नेपालीहरुमा हार्दिक आह्वान तथा निमन्त्रणा !

कृष्ण पुरी ,२४ मार्च २०१९,कोरिया रबि लामिछाने फाउन्डेसन तथा लोकप्रिय कार्यक्रम "सिधा कुरा जनता सङ्ग" न्युज २४ टिमको सक्रियतामा निर्माण हुन लागिरहेको विकट कर्णालीको कालिकोट स्थित रास्कोट सामुदायिक डिजिटल अस्पतालको लागि आर्थिक सहयोगार्थ हाल कोरियामा चलिरहेको अभियान गत डिसेम्बर २२ बाट सुरवात भएर ३ महिनासम्म निरन्तर तिब्र गतिमा अगाडि बढिरहेको छl रास्कोट अस्पताल सहयोग अभियान तथा रास्ट्रप्रेमी नेपालीहरुको सक्रियतामा दक्षिण कोरियामा संचालित उक्त आर्थिक सहयोग संकलन अभियान यही आगामी अप्रिल ७ गते आईतवार सम्म सहयोग संकलन कार्य जारी राख्दै सोही दिन नै सम्पूर्ण सन्कलित Aआर्थिक विवरण सार्बजनिक गर्दै "हार्दिक धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन कार्यक्रम " आयोजना गर्न गइरहेको हुँदा बिभिन्न तवरले सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरु,उदार मनका सहयोगीदाताहरु, कोरियामा रहनुहुने विभिन्न संघ सस्था, ब्यबसायी,बिद्यार्थी, पत्रकार,मिडिया प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी लगाएत सम्पुर्ण कोरियाबासी आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा बिशेष आभार प्रकट गर्दै गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ l हाल सम्म ८ सय ३० बढी सहयोगी दाताहरु जुट्दै निरन्तर सहयोग रकम उपलब्ध भइरहेको हुदा सहयोग गर्न इच्छुकलाई वा रकम जम्मा गर्न छुट्नुहुने सहयोगी दाताहरुलाई समयमै रकम उल्लेखित खातामा जम्मा गरि सहयोग पुर्याईदिनुहुन अनुरोध गरिएको छ l

 विवरण :

खाता वालाकाे नाम:스포트 네팔
बैङ्ककाे नाम:उरी बैङ्क
खाता नम्बर:1006-901-459156
रास्कोट सामुदायिक डिजिटल अस्पताल सहयोगार्थ :कोरियामा संचालित आर्थिक सहयोग अभियान सार्वजनिक गरिने बारेमा "धन्यवाद ज्ञापन तथा पत्रकार सम्मेलन कार्यक्रम "मिति : आईतवार अप्रिल ०७ । २०१९ स्थान : जोङ्गाक स्टेशन (दुर्गा रेस्टुरेन्टको सभा हल)समय: मध्यान्ह १२:३० बजे देखि l

,

0 comments

Write Down Your Responses

-->