कोरियामा मोक्पो सागितिक सौगात भब्य आयोजना हुदै

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया डट कम l  
२५ अप्रिल,२०१९ कोरिया l
सुख दुख खेलकुद र मनोरंजनको सगालो मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाको मोक्पो शहरमा यहि आउदो मे ५ तारिख आईतबार सबै प्रवासी नेपालीहरु सगै हर्सो उल्लासको साथ मोक्पो सागितिक सौगात भब्य आयोजना गरिने भएको छ l लोकप्रिय कलाकार कृष्ण गुरुङ, छेवांग लामाको धमाकेदार प्रस्तुतिका साथै दावा लामा, शान्ति गुरुङ लगायत स्थानीय आधा दर्जन बढी नेपाली कलाकारहरु द्वारा बेजोड प्रतुतिहरु रहने जनाईएको छ l
कोरियाको लोकप्रिय चर्चित ठुलो नेपालीहरुको बाहुल्यता रहेको सामाजिक सस्था मोक्पो साम्हो साझा चौतारी नेपालको आयोजनामा हुने उक्त कार्यक्रममा भरपुर सागितिक माहोलमा मनोरंजन लिदै हालै रबि लामिछाने फाउन्डेसन मार्फत कर्णालीको कालिकोटमा निर्माण भइरहेको रास्कोट सामुदायिक अस्पताललाई सहयोगार्थ सो कार्यक्रम आयोजना गरी तयारी तिब्र पारिएको सस्थाका अध्यक्ष सुन्दर सुवेदीले बताएका छन्lकोरियामा रहनु भएका विभिन्न संघ सस्था, ब्यबसायी लगाएत विभिन्न पेशामा आबद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हर्षोल्लासका साथ सहभागिता भै भरपुर मनोरञ्जन लिई परोपकारी कार्यक्रमलाई सफल बनाईदिनु हुन आयोजक  द्वारा हार्दिक अनुरोध गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses

-->