कास्की परिवार द्वारा सल्लाहकार भक्त शेरचनलाई सम्मान तथा बिदाई

पुरन गुरुङ : आईतवार १० मार्च २०१९।कास्की परिवार दक्षिण कोरियाले कोरिया बसाइ सकेर नेपाल फर्कन लाग्नुभएका सल्लाहकार तथा समाजिक ब्याक्तित्व भक्त शेरचनलाइ एक कार्यक्रमका बिच गत हप्ता सम्म्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।राजधानी सउल दर्शन नमस्ते रेस्टुरेन्ट (तोङ्देमुन )मा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरु कार्यसमिती पदाधिकारी लगाएत कास्की बासीहरुको बाक्लो उपस्थिती रहेको थियो। संस्थाका अध्यक्ष श्री सुरज गुरुङको सभापतित्वमा शुरू गरिएको कार्यक्रममा संस्थाका संरक्षक खोम प्रसाद गुरुङले आफ्नो कोरीया बसाइ सकेर स्वदेशफिर्ता हुन लाग्नु भएका सल्लाहकार भक्त शेरचनलाइ संस्थाप्रति पुर्याउनु भएको योगदानको खुलेर चर्चा गर्नुको साथै सम्मान पत्र,मायाको चिनो र दोसल्ला ओढाइ भव्य सम्मान तथा विदाइ गरिएको थियो।


,

0 comments

Write Down Your Responses

-->