कास्की परिवार द्वारा सल्लाहकार गुप्त गुरुङ र हिमानी गुरुङलाइ सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न


पुरन गुरुङ आईतवार ३ मार्च २०१९: सौल कोरिया 
कास्की परिवार दक्षिण कोरियाले कोरिया बसाइ सकेर नेपाल फर्कन लाग्नुभएका सल्लाहकार तथा समाजिक ब्याक्तित्व गुप्त गुरूङ र हिमानी गुरुङलाइ एक कार्यक्रमका बिच सम्म्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
राजधानी सउल स्थित देउराली रेस्टुरेन्ट (तोङ्देमुन )मा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरु पदाधिकारी लगाएत कास्की बासीहरुको बाक्लो उपस्थिती रहेको थियो। संस्थाका अध्यक्ष श्री सुरज गुरुङको सभापतित्वमा शुरू गरिएको कार्यक्रम सचिव पुरन गुरूङले संचालन गर्नुभएको थियो। यसैबिच बरिष्ठ उपाध्यक्ष सन्तोष तिमिल्सिनाले स्वागत मन्तव्य दिनु भएको थियो भने संरक्षक खोम प्रसाद गुरुङले आफ्नो कोरीया बसाइ सकेर स्वदेशफिर्ता हुन लाग्नु भएका गुप्त गुरुङ र हिमानी गुरूङले संस्थाप्रति पुर्याउनु भएको योगदानको खुलेर चर्चा गर्नुभएको थियो। साथै उहाँहरुलाइ सम्मान पत्र तथा मायाको चिनो द्वारा बिदाइ गरिएको थियो।








,

0 comments

Write Down Your Responses

-->