माछापुच्छ्रे रमाइलो साँझ सम्पन्न साथमा कास्केली कलाकारहरु सम्मानित

पुरन गुरुङ,६ फेब्रुअरी २०१९ l
कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाले माछापुच्छ्रे रमाइलो साँझ तथा डान्स पार्टी २०१९ भव्यताका साथ सम्पन्न गरेको छ।
राजधानी सउल स्थित छङ्र्याङ्रीमा आयोजित उक्त कार्यक्रममा The Voice of Nepal बाट उदाएका नव प्रतिभा विवेक लामा मुख्य आकर्षणका रुपमा हुनुहुन्थ्यो। नेपाली रक र पप संगितमा बिशेष गाएन क्षमता भएका लामाका कर्णप्रिय आवाजको साथमा उहाँका सयौँ समर्थकहरू झुमेर रमाएका देखिन्थे । साँझ ८ बजेदेखि विहान ५ बजेसम्म चलेको उक्त कार्यक्रममा उत्क्र्ष्ट डिजे आर एक्स र नोट्टी सँगै विभीन्न स्वादका मिष्ठान्न नेपाली परिकारहरूले कार्यक्रमको बेग्लै मज्जा दिएको थियो।
नुवाकोट समाज द्वारा आयोजित नेपाल आईडलहरुको लाईभ कार्यक्रममा साथै बिभिन्न सांगितीक भ्रमणमा कोरिया आएका कास्केली कलाकारहरुलाई पनि भव्य सम्मान गरिएको छ। जसमा नेपाल आइडल सिजन २ का उप-बिजेता बिक्रम बराल र टप ७ निलीमा थापा मगरलाइ कोरीयाबासी का्स्केलीहरुले उज्ज्वल भबिस्य र हौसलास्वरूप भव्य स्वागत,सम्मान गरेका थिए ।
कास्की परिवार कोरियाका अध्यक्ष सुरजमान गुरुङले सबै प्रति आभार प्रकट गर्दै यस कोरियाको सलनाल नयाँ बर्षमा हामी प्रबाशी भूमिमा रहेता पनि एक आपसमा पारिवारिक बातावरणमा शुभकामना आदानप्रदान ,मनोरन्जन र दुख सुख साट्दै सबै कास्की बासी समेट्दै उत्साह माया, र साथले गर्दा नै सबै कार्यक्रमहरु सफल रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको छ l साथै कार्यक्रम सफल बनाउन आर्थिक नैतिक भौतिक बिभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यबाद प्रदान गर्दै आगामी दिनमा पनि यसरी नै सबैको साथ सहयोगको अपेक्षा गरेका छन l





, ,

0 comments

Write Down Your Responses

-->