द भ्वाईसका बिबेक लामा माछापुच्छ्रे रमाइलो साँझ कोरियामा आईपुगे

कृष्ण पुरी , ०२ फेब्रुअरी २०१९ l द भ्वाईसका बिबेक लामा माछापुच्छ्रे रमाइलो साँझ कोरियामा आईपुगे  :
साथमा  दुई डिजे (आर एक्स ,नोट्टी)सहित आवतजावतमा दुई वटा बसको सुबिधा सगै तयारी पूरा :कोरियामा यहि  सलनालको अवसर पारी फेब्रुवरी ३ तारिख आईतबार कोरियन सलनाल नयाँ बर्ष बिशेष " माछापुच्छ्रे रमाइलो साँझ तथा डान्स पार्टी "भब्य तयारी पूरा :
 दुई डिजे सहित नेपाली स्थानीय कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतीमा बिभिन्न मिश्रण परिकार स्वादमा साँगितिक जमघट रहने :कोरियन महान चाड सलनालको अवसरमा कोरियामा रहेका नेपालीहरुलाइ भरपुर मनोरन्जन गराउने उदेश्यले दोंदेमुनमा नजिकै छंगर्याङ्गरीमा भोलि आइतबार रातमा सलनालमा बिशेष साँगितिक रमझम तथा भरपुर रमाइलो प्रस्तुतिको लागी "माछापुच्छ्रे रमाइलो साँझ तथा डान्स पार्टी कार्यक्रम को तयारी पूरा भएको आयोजकले जनाएको छ l नयाँ बर्षमा कोरियनहरु झैँ हामी नेपालीहरु पनि प्रबाशी भूमिमा रहेता पनि एक आपसमा सुख दुख साट्दै पारिवारिक बातावरणमा शुभकामना आदानप्रदान ,मनोरन्जन र खुशीका पलहरु समेट्दै यहाका युवा बर्गलाई लक्षित गर्दै नेपालीहरुको बढ्दो पृथक माग ,उत्साह माया, र साथले गर्दा सो कार्यक्रम आयोजना गरिएको बताईएको छ l दोङ्देमुन ३ र ४ नम्बर गेटबाट फेब्रुअरी ३ तारिख आइतबार उक्त कार्यक्रमलाई लक्षित गर्दै सलनाल तताउन साझ देखि नै बिहान अबेर सम्म आवातजावत को सुबिधालाई मध्यनजर गर्दै दुई वटा वस सहित सहजताको लागि स्वयंसेवकको पनि ब्यबस्था गरिएको छ ।
गायक विवेक वाइबा लामा को साथमा दुई डिजे को पनि प्रस्तुति दम्दार रहने : रात्रीकालिन कार्यक्रम थप रौनक बनाउन डिजे आर एक्स र डिजे नोट्टी ले सदाबहार विभिन्न साङ्गितिक प्रस्तुतिका सुर तालहरुमा रौनक पस्कने छन । द भ्वाइसका एउटा दमदार सबै खालका गित गाउने विवेक वाइबा लामा सगै कलाकारहरुको बेजोड प्रस्तुति सहित सुलभ दरमा धेरै नेपाली मिश्रण खानाका स्वादहरु ब्यबस्था रहेको हुँदा कोरियामा रहनु भएका विभिन्न संघ सस्था, ब्यबसायी लगाएत विभिन्न पेशामा आबद्ध नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हर्षोल्लासका साथ सहभागिता भै भरपुर मनोरञ्जन लिई कार्यक्रमलाई सफल बनाईदिनु हुन कास्की परिवार द्वारा हार्दिक अनुरोध गरिएको छ ।
स्पेनिस भाषाको विश्वचर्चित गीत डेस्पासिटो गाएर ३ कोचहरुलाई बजर दबाउन बाध्य बनाउने मनमोहक आवाजका धनी विवेक क्रमशः सबिन राईको चर्चित गीत कोमल त्यो तिम्रो प्रस्तुत गरेर भ्वाइसका संस्करणमा अघि बढेका थिए । विदेशी गीत गाएर द भ्वाइस अफ नेपालमा आएका बिवेकले लाईभ राउण्डमा ूच्याङ्गबा बोलको मौलिक गीत गाएर द भ्वाइसको मञ्चमा आफ्नो मौलिक पहिचान अनि नेपालीपनको अद्भूत विविधता पनि पस्किदिएका थिए ।डेस्पासिटोको नेपाली अर्थ बिस्तारै बिस्तारै भन्ने हुन्छ तर विवेकको आवाजको जादूको असर बिस्तारै हैन बडो तिव्रताका साथ देशविदेशमा रहने नेपालीहरुमा चढाईसकेका छन् । कोरियामा उनका अत्यधिक फ्यान हरु उनलाई भेट्न आतुर रहेका छन । हाल नेपालमा बिभिन्न स्थानहरुमा आफ्नो प्रस्तुतिहरु पस्कदै आएका  छन् भने छिट्टै कोरिया हुदै  युके लगाएत अन्य देशहरुमा साँगितिक प्रस्तुति रहने छ l


, ,

0 comments

Write Down Your Responses

-->