सनातन साहित्य सङ्गीत साधना समूह पाँच-'स'को अधिबेशन हुदै

सनातन साहित्य सङ्गीत साधना समूह पाँच-'स', द. कोरियाले यही जनवरी २७ तारीख आइतबारका दिन सउलस्थित NRNA नेपाल हाउसमा आफ्नो तेश्रो अधिवेशन तथा वार्षिक साधारण सभा गर्ने भएको छ।
भव श्वी बोम्जन 
२१ जनवरी२०१९कोरिया l 
पाँच- 'स' दक्षिण कोरियाको सुचना :

विषय:- तेश्रो अधिवेशन तथा वार्षिक साधारण सभा हुने बारे।

वर्तमान समयमा श्रम, शिक्षा, व्यवसाय तथा अन्य प्रयोजनले दक्षिण कोरियामा बसोवास गर्ने नेपालीहरूको जनसंख्या लगभग ४० हजारको हाराहारीमा पुगेको छ। नेपालीहरूको संख्यात्मक वृद्धिसँगै विभिन्न सामाजिक सेवाभाव र साझा उद्देश्यहरूका साथ आ-आफ्ना क्षेत्रगत, जातिगत, पेशागत तथा राजनीतिक पार्टीगत रहेर सयौँ संघसंस्थाहरू स्थापित एवम् संचालित छन्।

नेपाली संघसंस्थाहरूको भीडमा दक्षिण कोरियामै नेपालीहरूको एकमात्र विशुद्द आध्यात्मिक संगठनको रूपमा आफ्नो अद्वेत परिचय बनाएको सबैको साझा संस्था '#सनातन_साहित्य_सङ्गीत_साधना_समूह #पाँच_स_दक्षिण_कोरिया हो।

समूहको स्थापनाकालदेखि नै नेपालको सम्पूर्ण मौलिक संस्कार-संस्कृति, साहित्य, सङ्गीत, योग-साधना र सु-संगठित राष्ट्रिय एकता इत्यादिको संरक्षण, संवर्द्दन तथा पुस्तान्तरण हेतु पाँच-'स' को पृथक आवधारणा र विधानानुसार विभिन्न साँस्कृतिक तथा धार्मिक कार्यक्रमहरू सभ्य र भव्यताकासाथ आयोजना गरिँदै आइरहेको सर्व विदितै छ।

पाँच-'स' ले आफ्नो अवधारणा र विधान अनुरूप हरेक वर्ष अधिवेशन गर्दै नयाँ कार्यसमिति गठन गर्ने गर्दछ। यही नियममा बाँधिएर फेरि यस पटक पनि आफ्नो चौँथो कार्यसमिति गठन गर्नका निमित्त पाँच-'स', द. कोरियाले यही जनवरी २७ तारीख आइतबारका दिन सउलस्थित NRNA नेपाल हाउसमा आफ्नो तेश्रो अधिवेशन तथा वार्षिक साधारण सभा गर्ने भएको छ।

"साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास।"

भन्ने नारालाई आत्मासात् गर्दै पाँच-'स' ले नेपालको सम्पूर्ण वर्ग, क्षेत्र, धर्म, लिङ्ग तथा विचारहरूलाई एकै साझा घरमा समेटिएर वैश्विक-सहिष्णु समाज निर्माण तथा राष्ट्रिय एकतामा विशेष भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।

तसर्थ हाल दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण कर्मनिष्ठ, धर्मनिष्ठ एवम् देशभक्त नेपालीमनहरूलाई पाँच-'स' को यस गौरवमय अधिवेशन कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य सल्लाह-सुझाव तथा प्रत्यक्ष-परोक्ष रूपमा सहयोग गरिदिनुहुन हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम विवरण:-
स्थान:- NRNA नेपाल हाउस, सउल 동묘앞 역 2 नं. गेटबाट अगाडी
मिति:- सन् २०१९ जनवरी २७ आईतबार
समय:- ११ बजे

*थप जानकारी तथा जिज्ञासाको लागि तल दिइएको सम्पर्क नं.मा सम्पर्क गरिदिनुहोला।

यम सापकोटा (अध्यक्ष) ०१०५८१०२४४०
भव:श्वी बोम्जन (सचिव) ०१०२४७११४३७
लोकराज न्यौपाने (उपाध्यक्ष) ०१०६४९२४८४०
रमेश आचार्य (उपाध्यक्ष)


प्रेमराज अधिकारी (सदस्य) ०१०४७५२५७३२

,

0 comments

Write Down Your Responses

-->