फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिको पुनर्गठन अधिबेशन हुँदै

लक्ष्मण पौडेल, ९ डिसेम्बर २०१८ कोरिया l  फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिको पुनर्गठन अधिबेशन यहि डिसेम्बर १६ तारिख आईतवार का दिनमा हुने भएको छ l यस बर्षको अन्त सगै नयाँ बर्षको लागि नयाँ कार्य समिति चयन गरी सामाजिक कार्यहरुमा अगाडि बढ्नको निम्ति पूर्ण कार्य समितिको चयन आवस्यक परेको जनाउदै एक सुचना मार्फत सबै माझ जानकारी गराईएको छl
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिको पुनर्गठन बारेको अधिबेशन सम्बन्धित सुचना :
 फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति माइग्रेन्ट सेन्टर सग आबद्ध भै बिगत २००५ बाट निरन्तर रूपमा कोरियामा नेपालीहरुको सुख दुख को छहारी बन्दै नेपाली कला, सस्कृती , पर्व तथा हरेक सामाजिक गतिविधिहरुमा एक केन्दबिन्दु बन्दै नमुनाको रुपमा अगाडि बढीरहेको सर्बबिधितै छ !
हिमाल , पहाड तराई - कोहि छैन पराई !
एक आपसमा आत्मीयता
सुखदुःख मा सामिप्यता छर्दै
कुनै दल, धर्म ,जाति , क्षेत्र र कसैको स्वार्थ भन्दा अछुत रहेर यस संस्था निरन्तर सबै नेपाली एक ढिक्का भएर कोरियामा अगाडि आईरहेको छ ! तसर्थ आगामी दिनमा पनि यसरी स्वतन्त्र निस्वार्थ रूपमा हामी सबै एक नेपाली हौं भन्ने सामाजिक उदार भावानाले केही लिन र दिन सकिन्छ भन्ने भावनाअनुरूप इच्छा राख्नु हुने नेपालीहरुमा फेन्थेक नेपाली नंया बन्ने समितीमा हार्दिक स्वागत गर्दछौं !फेन्तेक माइग्रेन्ट सेन्टर नेपाली समितिको आठौं साधरण सभा तथा अधिबेशन यहि डिसेम्बर १६ तारिख आईतवार का दिनमा सप्पन्न हुन गइरहेकोले सम्पुर्ण कोरिया बासी नेपालीहरुमा निमन्त्रणा गर्दै यहालाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !!! यस सुचना यहाँ हरु सग आबद्ध साथीभाईहरु माझ पनि प्रबाह गरी समिति पुनर्गठनमा स्वागत गर्दै यहाँहरुको अमुल्य सुझाब -सहयोग र साथको पनि आह्वान गर्दछौं ! धन्यवाद !!!
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ] सम्पर्क :- राजेन्द्र बेलबासे 01063942014 लक्ष्मण पौडेल 01058349514 बिशाल थापा 01059461415
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )


,

0 comments

Write Down Your Responses

-->