कास्की परिवार कोरियाको सदस्यता संकलन बारेमा जरुरी सुचना

कृष्ण पुरी ,९ डिसेम्बर २०१८ कोरिया l संगठित समूह नै परदेशको सहारा हो भन्ने मूल भावाना बोक्दै प्रबास बसाईका क्रममा आइपर्ने विभिन्न समस्याहरुमा सहयोग र सहजीकरण गर्न सकियोस् भन्ने हेतुले विभिन्न उदेश्य का साथ कोरिया रहनु भएका सम्पुर्ण कास्कीबासी दाजुभाई तथा दिदिबहिनीहरुको नामावली संकलन भइरहेको छ l
कास्की परिवार,दक्षिण कोरियाको जरुरी सुचना!!
"संगठीत समूह नै परदेशको साहारा हो"भन्ने मुल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरिया आफ्नो स्थापनाको १० वर्ष पूरा गरि सामाजीक सेवामा निरन्तर अगाडि बढरहेको परिप्रेक्ष्यमा कोरियाको विभिन्न भु-भागमा छरिएर रहनु भएका कास्केली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ आपसमा संगठीत बनाउनको लागि सदस्यता विवरण संकलन अभियान शुरु गरिएको जानकारी सम्बन्धित सबैलाई गराउन चाहान्छौँ। जसको लागि यहाँहरुले अनलाइन मार्फत आफ्नो स्थाइ ठेगाना,१ प्रति फोटो र सम्पर्क नम्बर पठाउनु पर्ने छ। सदस्यता शुल्क २ मान वन लाग्नेछ र यसको अवधि २ वर्षको हुनेछ। परिचयपत्र तयार भइसकेपछि सम्बन्धित व्यक्तिको ठेगानामा पठाइनेछ।
सम्पर्क :-
पुरन गुरुङ -01047897721
अारती ह्याेल्माे 01047336316
राज श्रेष्ठ -010 57252034
हुम ब.गुरुङ -010 58546346
खाता नं-22128116602011
(IBK BANK)
Rajendra Kumar Shrestha
नोट :- विगतकाे दिनहरुमा जस्तै कास्की परिवार कोरियाले आपत विपतमा परि आएका व्यक्ति हरुलाइ सहयोग गर्दै आइरहेको छ। यदि भोलीको दीनमा कसैलाई परिवारको तर्फबाट सहयोग गर्नुपर्ने अवस्थाहरू आइपरेको खण्डमा उहाँको सदस्यता विवरण हेरि मुल्यांकन तथा सहयोग गरिने छ।तसर्थ कोही पनी नछुटीदीनु होला दुखमा मात्र होइन सुखमा पनि समाजलाइ सम्झनुहोस् ।
धन्यवाद ! जय कास्की !!
पुरन गुरुङ सुरज गुरुङ
सचिव अध्यक्ष
तथा कास्की परीवार द.कोरीया



Comments

, ,

0 comments

Write Down Your Responses

-->