कोरियालाई एक फन्को मारेर फेरी सिबिटीको सर्को -सुजन पौडेल

सुजन पौडेल (एक औशत भोगाई )-असिमित चाहानाको घेराबन्दीमा मानिस जम्मजातनै परेको हुन्छ l यस्तै चक्करको घुमाई अहिले नेपाली बजारको अस्तब्यस्त देखीन्छ l घटनाक्रम घटदै जादा मानिसको शिक्षा दिक्षा पछिको भबिष्यको चिन्ता के कसरी यो समाजमा घुलमिल हुने र आफ्नो बर्चस्ब जमाऊनेमै नै केन्द्रित हुन्छ l यसै शिलशिलामा सबै भन्दा आर्कषक मुलकमा दक्षिण कोरिया परेको छ । काम गर्न सक्ने र भाषामा दख्खल भएमा पुग्ने सबैको पहुँचमा पर्न सफल देश हो |लगानि कम साथै कुनै बिभेदको महशुस गर्न पर्न छैन l सरकारी तबरबाटै सम्पुर्ण कुरा हुन्छ तर के कुरा बुझ्नु पर्यो भने ~ कोरिया पास हुनु कोरिया जानु भन्ने चाही हैन ~ भन्ने कुरा पनि मनन गर्नु पर्छ l अहिले नेपालमा पिडितहरूको आन्दोलन पनि चर्कीएको त एक हिसाबले ठिकै भए पनि दिर्घकालिन हिसाबमा हामीलाई धैरै बेफाईदा छ l यसमा हामी संयम हुन ज़रूरी छ l कोरियाले धैरेको भबिष्य बनाएको छ त्यो बुझ्न जरूरि हुन्छ l हाम्रो नेपाली काम साथै भाषाको दक्षतामा अग्रपत्तीमा पर्छ ।

यही बिबिध सपना बोकेर हामी कोरिया छिर्छौ र त्यहाँको परिबेशमा घुलमिल हुदै आफ्नो कार्यक्षमता अनुसारको सिप प्रदशन गर्छौ हाबा पानि नेपाल सग मिल्दोजुल्दो भएपनि समायोजन हुन केही समय लाक्छ l साथै खानपान मा केही फरक भएनि त्यहाँको खाना धैरै बैज्ञानिक हुन्छ l नेपालको जस्तो चिल्लों मसला कम प्रयोग हुन्छ l नमिठो भएनि स्बास्थको लागी लाभदायक हुन्छ ।सहपाठी हरू सहयोगी साथै इमन्दारी हुन्छन l यसै परिबेश छिचल्दै कष्टकर जीबन बिताईन्छ नेपालमा खासै काम नगर्नलाई केही कष्टप्रद हुन्छ र तेही न्यास्रो भेटाऊन साथै परिबारको संझनाले छुटीमा नेपालगई आनन्द घुमघाम साथै भेटघाट गर्दाको क्षण रमाईलौ हुन्छ l यसै परिबेशमा जुद्दाजुदै धैरै साथीभाईहरू बनाऊने साथै कोरियन सग पनि घुलमिलले साच्चै कोरिया बसाई सहज हुन्छ यसैगरी बिस्तारै ४ बर्ष १० महिना सकिन्छ ।

कष्टकर साथै दुखाई जीबन सकिएपनि चाहाना र सपनाहरूको चाङले नेपालमा सुरूको बसाई रमाईलो भएनि चौतर्फी घेराबन्दिले मनमा बैचैनि पैदा हुन्छ l कसैले पहिले बिबाह गर्छन त कोही छुटीमा कोही फिनिस आएर कोही नगरि फेरी जान्छन l यस्तै यस्तै यस्तै फन्दामा पर्दै समय बित्दै जान्छ सुरू सुरू तामझामका साथ दिनहरू बित्दै जान्छ साथिभाई भेटघाट,घुमघाम ,इष्टमित्र भेटघाट रमाईलो दिनहरूको परिदृश्य समाहित गर्दा सारै आनन्द महशुस हुन्छ ।गाऊँ घर बजारमा अहिले पनि कोरियन लाहुरेको साख घटदो क्रमना छैन प्राय गाऊ तिरका बजार केन्द्रित बसाई र बजार तिरका ठुलो शहर साथै प्रदेश राजधानि तिर केन्द्रित भएर जग्गा जोड़ने साथै घर बनाऊने तिर लालाहित छन गाऊको त राजा नै भएनि बजारको परिबेशमा कोरियन लाहुरेले धनान्डहरु सग टक्कर गर्न ग्राहो छ ।कतिपयको बजार ( पोखरा ,काठमान्डौ ,धरान बुटबल ,धनगडी ) जग्गा किन्दैमा लगभग ४ बर्षको कमाई सकिन्छ कतिको घरमा समाल्दिने मान्छे छन भने घर सम्म बनाऊन सकिन्छ l पारिबारीक मिलन भएमा ,कसैको पारिवारिक सदस्यले लाएको ॠिणको कारणले माथि उक्लन ग्राहो हुन्छ , दाजुभाईको मन मुटाबले नि कमाएजतिको उपलब्धि हुदैन । यदि घरै बनाएपनि बजेटको अभाबमा लोन लिएर बनाऊनु पर्छ साथै जग्गा किनबेच खासै नभएको कारण २/३ बटा घडेरी हुनेलाई एऊटा बेचेर अर्कोमा बनाऊछु भनेनि मुल्य नपाऊने , अनेक समस्याले पिल्सिएको हुन्छ । कोही कोही ब्बस्था राम्रो भएका हरूको ठाऊमा ब्याबसाय हात बठाऊदा पुरान तथा संस्थापक ब्यापारी सग टक्कर गर्न ग्राहो साथै धरासही हुने स्थिति पनि हुन्छ , कसैले होटल ,फेन्सी ,किराना , पसल तथा उधोगहरू पनि अहिले खोलेर बसेको छन तर तनाब बढी छ सोचे जस्तो फाईदा भएको छैन अलि अलि रहेको पैसा पनि डुबेको छ तर फेरी कसै कसै भने राम्रो भएर फेरी CBT दिन्न भन्ने पनि छन त्यो राम्रो पक्ष हो ।चलायमान युबापिडी सबै तिर अनुभब लिएर थकित भएर उमेर नागेको छैन भने फेरी कोरिया जाने सोच बनाऊछन् , पहिला साहु र सगै कामगर्नहरूको सानो टरचर भन्दा नेपालमा भोगेको चौतर्फी दबाब ठुलो लाक्छ र महिनाको २/३ लाख कमाएको झलझल याद आऊछ ।
यस्तै परिदृश्यको बापदुत आफुलाई समाल्दै जादा बर्ष बित्दै जान्छ र चल सम्पति पनि सकिदै जान्छ अनि दुखै भएनि कोरियाम बनाएका कोरियन साथी सहकर्मी , हाबापानि उताको फ़्रीडम मन लागेको कुरामा कसैको रोकतोक हुदैन ,साथै खानेकुराको याद आऊन थाल्छ साथै परिबार (श्रीमान श्रीमती ) बिस्तारै न्यास्रो मेटिनुका साथै बालबच्चा पनि भएपछि लगभग अब आश्बकता बढदै जान्छ परिबारबाट पनि गए हुन्छ भन्ने कुरा हुन्छ साथै पैसा सकिए पछि साथिभाई इष्टमित्रको खासै सहयोग हुदैन, अनि आफ्नै उमेरका साथिभाईको प्रगतिले मानसिक असर पनि पार्छ यी र यस्तै बिबिध समस्याको समधान नै उमेर भए सम्म CBT नै दिन मन लाक्छ । पहिलाको परिबेशमा कोरियाको कमाई यदि राम्रो सग बचाऊनेले भनेको ठाऊँमा घर जग्गा सम्पति जोड़न सक्थै भने अहिले हरेक क्षेत्रमा मुल्यबुर्दिको असरले खास्सै सोचेजस्तो प्रगति गर्न सकियोको छैन ।Eps लागु भएका देशहरूको तुलनामा फर्म भर्न र पास हुने कोटा नेपालको उच्च साथै धैरे प्रतिस्पर्धा हुने र कट लाईन पनि उच्च छ (यो बर्षमा २ पटक गरेर ११६५ जना पास भएको छन ) (यो कुरा ५० जना भन्दा सानो कम्पनिमा भएकालाई लागु हुदैन आऊन भन्दा अगाडी १ बर्ष भन्दा बढी काम गरेमा , कम्पनिले चाहेको खण्डमा र कामदारको इछ्या भएमा ३ महिना भित्र फेरी जान पाइन्छ )

नोट ः यो बिषयबस्तु साहसी तथा कर्मठ सफल ब्यबसायी हदमा भने लागु हुदैन , स्बदेशमै केही गर्न हातहरूलाई सधै हाम्रो सलाम रहनेछ ।

सुजन पौडेल
९ डिसेम्बर २०१८ l
हाल नेपाल पोखरा


, ,

0 comments

Write Down Your Responses

-->