फेन्थेक माइग्रेन्ट नेपाली समिति लक्ष्मण पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

जीवन अर्याल,१६ डिसेम्बर २०१८ कोरिया।फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समितिको ८ औं अधिवेशन तथा साधारण भेला लक्षमण पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन ।
दक्षिण कोरियामा प्रवासी नेपालीहरुको आपसी सद्भावलाई अझ मझबुत बनाउदै विविध समस्याहरुमा सहज रुपले हातेमालो गर्ने र संस्थागत महिमालाई अझ फराकिलो बनाउँदै आईरहेको फेन्थेक माइग्रेन्ट सेल्टरको ८ औं अधिवेशन सम्पन्न भएको छ ।
७ औं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई उच्च प्राथमिकता राख्दै १६ डिसेम्बर २०१८ फेन्थेकस्थित सेल्टरको बैठक हलमा ८ औं अधिवेशन सम्पन्न भएको हो । कार्यसमिति सहित सल्लाहकार, संस्था सम्बद्व विभागीय प्रमुख लगायत सक्रिय अग्रज व्यक्तित्वहरु र फेन्थेक आसपासका सम्पूर्ण नेपालीहरुके बाक्लो उपस्थितिका विच ८ औं अधिवेशन सम्पन्न भएको हो ।
कार्यसमितिका प्रेस सल्लाकार कृष्ण पुरीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा सल्कारहरू क्रमश:किम वु यंग ,अम्बीका डिसी पार्क ,सुजन श्रेष्ठ लगाएतले आपसी एकतासँगै हरेक क्षेत्रमा अझै निरन्तर अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै संस्थाको सफलतामा धेरै खुशी व्यक्त गर्दै ७ औं कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा हार्दिक बधाईका साथ ८ औं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यसका साथै स्थापनाकाल देखि वर्तमान सम्मका गतिविधि र विभिन्न कालखण्डका संस्थाको हरेक उतार-चढावसाथै संस्थाको गरिमा उच्च बनाउन भुमीका खेल्नुहूने सल्लाकार कृष्ण पुरी संस्थामा आवद्द सम्पुर्णशुभचिन्तकको उल्लेखनीय भूमिका प्रशंसा सफलताको शुभेच्छा/अपेक्षा सहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । ८ औं अधिवेशनको पहिलो चरणको समुद्घाटन कार्यक्रममा संस्थाका सम्पूर्ण सल्लाहकारहरु, विभागीय प्रमुखहरु, संस्था सम्बद्व अग्रज तथा सक्रिय व्यक्तिहरूको सामान्य वाक्तिगत परीचय आदानप्रदान गरीएको थियो।
अधिवेशनमा उद्घाटन सत्र र बन्द सत्र गरि दुई चरणमा कार्यक्रम विभाजिन गरिएको थियो । जसमा पहिलो चरणमा कार्यसमितिका अध्यक्ष राजेन्द्र वेल्वासेको सभापतित्व सचिब लक्ष्मण पौडेलको संचालनमा रहेको थियो । पहिलो चरणको औपचारिक समुद्घाटन कार्यक्रमको अन्त्यमा यस कार्यसमितिलाई हरेक कोणबाट सहयोग गर्नुहुने अग्रज तथा सक्रिय व्यक्तित्वहरुलाई धन्यवादका साथ आभार प्रकट गर्दै अब आउने कार्यसमितिले संस्थाको गरिमा र साख उँचो बनाउँदै अझ रचनात्मक, प्रभावकारी र मैत्रीपूर्ण ढंगले संस्था हाँक्न सक्ने व्यक्तिको चयन हुनुपर्नेमा जोड दिदै समुद्घाटन कार्यक्रमका सभापति एवं अध्यक्ष राजेन्द्र वेल्वासे बाट कार्यसमिति विघटन/भङ्ग भएको घोषणा गरिएको थियो । कृष्ण पुरीको सयोजकत्वमा किम वु यंग, अम्बिका पार्क, बिनोद दाहाल निर्णायक समिति द्वारा कार्य समिति चयन प्रक्रिया संचालन गठन पूर्णता सम्पन्न भएको थियो l यस ८ औं अधिवेशनलाई सभ्य र भव्य रुपमा सु-सम्पन्न गर्न कार्यक्रममा उपस्थित संस्था सम्बद्व, समस्त प्रवासी मनहरू एवं शुभचिन्तक महानुभावहरुलाई आयोजक कार्यसमितिले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।
८ औं अधिवेशनबाट निर्वाचित/सर्वसम्मत १३ सदस्यीय कार्यसमितिको संरचना यसप्रकार छ :
अध्यक्ष - लक्षमण पौडयल
वरिष्ठ उपाध्यक्ष - बिशाल थापा
उपाध्यक्ष - योगेस भुषाल
उपाध्यक्ष - मनु राई
सचिव - जिवन अर्याल
सह-सचिव - मनोज चापागाई
कोषाध्यक्ष - महेस बम
सह-कोषाध्यक्ष - यज्ञमुर्ती बस्याल
सदस्य - पुष्प दाहाल
सदस्य - महेस खनाल
सदस्य - सोम बुडा मगर
सदस्य - सन्तोस ज्ञवाली
सदस्य - बिनोद दाहाल
कोरिया स्थित विभिन्न संघ-संस्था, समूह र ग्रुपहरुसँग महत्वपूर्ण सहकार्य र समन्वय गर्दै आईरहेको यस संस्था विशेषत: कोरियामा विभिन्न पेशा, व्यवसायमा आबद्व र ईपियस प्रणाली मार्फत विभिन्न कार्यमा संलग्न प्रवासी दाजुभाई, दिदीबहिनीहरुको हरेक सुख दुःखको साझा चौतारी र सितल छहारी बन्दै बलियो र समुन्नत संस्थाको रुपमा परिचित छ ।









, ,

0 comments

Write Down Your Responses

-->