द भ्वाईसका बिबेक लामा माछापुच्छ्रे रमाइलो साँझ कोरियामा आउदै


द भ्वाईसका बिबेक लामा माछापुच्छ्रे रमाइलो साँझ कोरियामा आउदै
कृष्ण पुरी ,६ जनवरी २०१९ l

कोरियामा आगामी सलनालको अवसर पारी फेब्रुवरी ३ तारिख आईतबार सलनाल नयाँ बर्ष बिशेष " माछापुच्छ्रे रमाइलो साँझ तथा डान्स पार्टी "भब्य तयारी : द भ्वाईस अफ नेपाल सेमिफाइनल प्रतिष्पर्धी बिबेक वाइबा लामा आउदै :

डिजे सहित नेपाली स्थानीय कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतीमा बिभिन्न मिश्रण परिकार स्वादमा साँगितिक जमघट रहने :

आज सोलमा आयोजित तमु ल्होसार कार्यक्रममा पोस्टर सार्बजनिक :

कोरियन महान चाड सलनालको अवसरमा  कोरियामा रहेका नेपालीहरुलाइ भरपुर  मनोरन्जन गराउने उदेश्यले दोंदेमुनमा नजिकै छंगर्याङ्गरीमा सलनालमा बिशेष साँगितिक रमझम तथा भरपुर रमाइलो प्रस्तुतिको लागी "माछापुच्छ्रे रमाइलो साँझ  तथा डान्स पार्टी "आयोजना हुने भएको छ l बिगत बर्षहरुमा हुने बिभिन्न कार्यक्रमहरु भन्दा नयाँ पृथक शैलीमा यसपाली कोरियामा नयाँ आकर्षण मिश्रण शैलीमा सो  साँगितिक कार्यक्रम गर्न लागेको र कलाकार लगाएत बिबिध तयारी भइरहेको कास्की परिवार कोरियाका अध्यक्ष सुरजमान गुरुङले बताउनुभएको छ l नयाँ बर्षमा कोरियनहरु झैँ हामी नेपालीहरु पनि प्रबाशी भूमिमा रहेता पनि एक आपसमा सुख दुख साट्दै पारिवारिक बातावरणमा शुभकामना आदानप्रदान  ,मनोरन्जन र खुशीका पलहरु समेट्दै यहाका युवा बर्गलाई लक्षित गर्दै नेपालीहरुको बढ्दो पृथक माग , उत्साह माया, र साथले गर्दा सो कार्यक्रम आयोजना गरिने बताईएको छ l
गायक विवेक वाइबा लामा आउने :   द भ्वाइसका एउटा दमदार सबै खालका गित गाउने  विवेक वाइबा लामा सल्नालमा माछापुच्छ्रे रमाइलो साँझमा साँगितिक प्रस्तुती दिन आउने टुंगो लागेको छ l स्पेनिस भाषाको विश्वचर्चित गीत डेस्पासिटो गाएर ३ कोचहरुलाई बजर दबाउन बाध्य बनाउने मनमोहक आवाजका धनी विवेक क्रमशः सबिन राईको चर्चित गीत कोमल त्यो तिम्रो  प्रस्तुत गरेर भ्वाइसका संस्करणमा अघि बढेका थिए । विदेशी गीत गाएर द भ्वाइस अफ नेपालमा आएका बिवेकले लाईभ राउण्डमा ूच्याङ्गबा बोलको मौलिक गीत गाएर द भ्वाइसको मञ्चमा आफ्नो मौलिक पहिचान अनि  नेपालीपनको अद्भूत विविधता पनि पस्किदिएका थिए डेस्पासिटोको नेपाली अर्थ बिस्तारै बिस्तारै भन्ने हुन्छ तर विवेकको आवाजको जादूको असर बिस्तारै हैन बडो तिव्रताका साथ देशविदेशमा रहने नेपालीहरुमा चढाईसकेका छन् । हाल नेपालमा बिभिन्न स्थानहरुमा आफ्नो प्रस्तुतिहरु पस्कदै आईरहेका छन् भने छिट्टै कोरिया, युके लगाएत देशहरुमा साँगितिक प्रस्तुति रहने छ l 

,

0 comments

Write Down Your Responses

-->