फेन्थेक कोरियामा देउसी भैलो दीपावली रौनक

लक्ष्मण पौडेल :कोरिया ११ नोभेम्बर २०१८ l  फेन्थेकमा देउसी भैलो दीपावली साझ उल्लासमय रुपमा सम्पन्न भएको छ l कोरियाको फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति द्वारा तिहारको उपलक्ष्यमा फेन्थेकमा आयोजित दीपावली साँझ कार्यक्रम नेपाली कला  सस्कृति पहिचान झल्काउदै नेपाली प्रवाशीहरुको दुख सुख रमाइलोमा आदानप्रदान गर्दै  आयोजना गरिएको हो  lप्रबाश कोरियामा रहेर पनि नेपाली कला सस्कृति पहिचान सरक्षण प्रबर्द्धन गर्दै नेपाली पन झल्काउदै तिहार दीपावली मनाउन पाउदा ज्यादै खुशीको अनुभूत भएको उपस्थित नेपालीहरुको प्रतिक्रिया थियो l नेपालमा सहयोगार्थ नेको ह्यापी ड्रीम नेपाल लाई फेन्थेक नेपाली समिति कोरिया मार्फत ६ लाख वन (6,00,000) सहयोग प्रदान हस्तान्तरण कार्यक्रम  सहित देउसी भैलो शुभकामना दीपावली साझ कार्यक्रम शुभारम्भ माइग्रेन्ट सेन्टर हुदै Migration center Kim woo yeong , Aarti restaurant - Khim Subin : Kantipur restaurant - Ambika DC Park , Mountain restaurant- Sujan Shrestha & Swambhu restaurant Buddhi Gurung नेपाली रेस्टुरेन्टहरुमा गरिएको थियो l सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई समिति अध्यक्ष राजेन्द्रप्रसाद बेलबासे ले सहयोग साथ् प्रति  हार्दिक धन्यवाद आभार व्यक्त गर्दै सहयोग गर्नुहुने ब्यबसायीहरु तथा सम्पुर्ण कलाकार, सहयोगी महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्नुभएको थियो l 













,

0 comments

Write Down Your Responses

-->