कास्की परिवार कोरिया अध्यक्षमा सुरज गुरुङ चयन, दशैं कार्यक्रम भब्य मनाइने

अमृत बास्तोला l अक्टोबर,२०१८  
सऊल ,दक्षिण कोरिया l
"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराको साथ सम्पुर्ण कास्केलीहरुलाई एक जुट गराउँदै प्रवासी भूमीमा एक-आपसमा सहयोग र सद्भाव राख्ने उद्देश्यले २००८ मा स्थापना भएको कास्की परिवार,द. कोरियाले  कोरियन महान पर्व छुसकको अवसर पारेर गत सेप्टेम्बर २५ तारिखमा पाचौ अधिवेशन सउल दोंदेमुन नेपाल हाउसमा सम्पन्न भएको छl कोरियाको सउल स्थित नेपाल हाउसमा भएको पाचौ अधिबेशनले सुरज गुरुङ्गको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
सस्थाका अध्यक्ष दिल जलारी पाशाको सभापति रहनु भएको उक्त अधिबेशनमा सचीव अमृत प्रसाद बास्तोलालेले वार्षिक प्रतिबेदन तथा कार्यवाहक कोषाध्यक्ष टेक नाथ भण्डारीले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो । आर्थिक तथा वार्षिक प्रतिबेदनलाई अधिबेशनले पारित गरेपछी सस्थाका अध्यक्षले अधिबेशनको पहिलो सत्रलाई समापन गर्ने क्रममा चौथो कार्यसमितिको कार्यावधीमा सस्थालाइ आर्थिक नैतिक तथा भौतिक सहयोग पुर्याउनु हुने सम्पुर्ण ब्याक्तित्व हरुलाइ धन्यवाद दिदै, चौथो कार्यसमितिलाइ विधिवत रुपमा विघटन गर्दै, अधिबेशनको पहिलो सत्रलाई औपचारिक रुपमा समापन भएको घोषणा गर्नु भयो ।
भक्त शेरचनको संयोजकत्वमा खोम प्रसाद गुरुङ तथा नवीन गुरुङ्ग सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन कमिटिले अधिबेशनको दोस्रो सत्रमा नया पदाधिकारीको चयनको लागि प्रक्रिया अगाडि बढाएको थियो । अधिबेशनमा उपस्थिति ब्यक्तिहरुले सर्वसम्मत रुपमा अध्यक्षको लागी सुरज गुरुङ्गलाई प्रस्ताव गरेपछी निर्वाचन कमिटीले अध्यक्षमा सुरज गुरुङ्गलई निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । नेतृत्वमा सुरज गुरुङ्ग आए सङै १३ सदस्यीय कार्यसमिति पदाधिकारीहरु पनि निर्विरोध चयन भएका हुन । सुरज गुरुङ्ग अध्यक्ष रहनु भएको कार्यसमितिमा सन्तोष तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, गोलमान गुरुङ्ग उपाध्यक्ष, रमिला गौतम उपाध्यक्ष, पुरन गुरुङ्ग सचिव, नन्द जङ्ग गुरुङ्ग तथा अरती ह्याेल्माे सह सचीव, राज श्रेष्ठ कोषाध्यक्ष होम गुरुङ्ग सह कोषाध्यक्ष तथा दुर्गा बहादुर थापा, बच्चन गुरुङ्ग, निशान गुरुङ, इश्वर के.सी सदस्य पाँचौ कार्यसमितिको लागि निर्विरोध चयन हुनु भएको हो ।
यसैबीच नवनियुक्त अध्यक्ष सुरज गुरुङ्गले पाचौ कार्यसमितिकोको पहिलो कार्यक्रमको रुपमा नेपालीहरुको महान पर्व बडा दशैको अवसर परेर, मिति 2018/10/20 सनिवार दशै शुभकामना साझ 2075 को आयोजना गर्न लागेको जानकारी गराउनु भयो । उक्त कार्यक्रमलाई सफल पारिदिनु हुनको लागि सबै कोरिया बासी नेपाली हरुलाइ हार्दिक अपिल गर्नु भयो ।




,

0 comments

Write Down Your Responses

-->