लोकप्रिय पत्रकार रबि लामिछाने भोलि बिहान कोरियामा

प्रबेश नि-शुल्क ! भोलि सोमबार बिहान जापान बाट १०:३०  बजे  कोरिया छिर्दै 
बिमल दोङ तामाङ (दक्षिण कोरिया ) सेप्टेम्वर २५ तारिक स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान तथा रबि लामिछाने सपाेर्ट ग्रुप र सेप्टेम्बर २६ तारिक किम्हे माइग्रेन्त हाउस तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान (रबि लामिछाने सपोर्ट ग्रुप) द्वारा दोङ्देमुन कुमिन ह्वेग्वान सौल र किम्हे ड्रिम सेन्टर, किम्हेमा आयोजना हुन गइरहेको राष्ट्रप्रेमी लोकप्रिय पत्रकारको उपस्थितमा बिशेष “Meet & Greet Rabi Lamichhane” बृहत् अन्तर्कृया कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक यम श्रेष्ठले जानकारी दिनु भएको छ ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सहजताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थप जानकारी संयोजक श्रेष्ठले दिनुभयो । 
करिव १ हजार जना क्षमताको हलमा कोरियावासी नेपालीहरुलाई खुल्ला छलफलका लागि आयोजकले आव्हान समेत गरेको छ ।
नेपालका चर्चित राष्ट्रप्रेमी टेलिभिजन पत्रकार रबि लामिछानेको सहभागितामा हुने कार्यक्रममा समसामायिक विषयमा छलफल तथा सर्वसाधारणले सहज रुपमा जिज्ञासा, समस्या राख्न पाउने गरी कार्यक्रमको तयारी गरिएको जनाएको छ ।जिज्ञासा, समस्या सहित प्रश्नहरु आयोजक समक्ष उपलब्ध गराउनुहुन पनि जानकारी गराईएको छ l  
दिनको ठिक १२:०० बजेबाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि कोरिया स्थित सम्पुर्ण संघसंस्थाका पदाधिकारी, विद्यार्थी, पेशाकर्मी, ब्यवसायी, तथा कोरियाबासी सम्पूर्ण नेपालीहरुमा गरिमामय उपस्थितिको निम्ति अपिलसमेत गरेको छ । २४ तारिख रिदम लाईभ कन्सर्टमा बिशेष उपस्थिति हुने र २५ तारिख सौल दोंदेमुनमा बृहत अन्तर्कृया कार्यक्रम साथै २६ तारिख किम्हेमा बृहत अन्तर्कृया कार्यक्रम सकी २७ तारिख सौल बाट सिधाकुरा जनता सग कार्यक्रम प्रत्यक्ष प्रशारण गरिने तयारी गरिएको छ l यस बृहत् अन्तर्कृया कार्यक्रमको प्रायोजन इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ ।
प्रकाशित मिति : २३ सेप्टेम्बर २०१८ l News info @krishna_puri-krishmemory.kp@gmail.com

,

0 comments

Write Down Your Responses

-->