कास्की परिवार द्वारा हरितालिका तिज कार्यक्रम सम्पन्न [भिडियो सहित ]

"संगठित समुह नै प्रदेशको सहारा हो" भन्ने मुल नाराका साथ यस प्रवासी भूमी द.कोरियामा सामाजिक,साँस्कृतिक तथा खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारद्वारा हरितालिका तीज बिशेष कार्यक्रम गत १६ सेप्टेम्बर आईतबार दोंदेमुंन अन्नपूर्ण सान रेस्टुरेन्टमा सफलताका साथ भब्य रुपमा सम्पन्न भएको छ l
छोटो समयको तयारीमा कास्केली चेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाई एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनको लागी आयोजना गरिएको सो कार्यक्रममा एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ ,एनआरएन प्यासिफिक उप सयोजक जुनु गुरुङ ,एनसीसी अध्यक्ष अन्जु केसी ,वुमन फर वुमनका पदमा श्रेष्ठ ,आदिबासी जनजाति महासंघका मल्लिका थकाली लगाएत बिभिन्न प्रतिनिधिहरु ,बिभिन्न अन्य सघ सस्थाका महानुभावहरुको उपस्थितिमा तीजका सुमधुर सगीतहरुको साथमा गीत गायनका साथै नृत्यहरु प्रस्तुत भएको थियो l कार्यक्रममा कास्केली चेलीहरु रास्ट्रिय कलाकार मंजु बिक ,रमिला गौतम को बेजोड तिज गीत कोशेलीहरुले भरपुर मनोरंजन र संगीतको माहोल तातेको थियो l साथमा गायक पुरण गुरुङ ,सुरेन घताने का थप कोशेलिहरुले रौनकता थपेको थियो l
कार्यक्रम समापनमा बोल्दै कास्की परीवारका अध्यक्ष दिल जलारी पासाले सो निमन्त्रणा लाई स्वीकार गर्दै पाल्नु भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पुर्ण चेलीबेटि हरुलाई धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रममा दिदिबहिनी- चेलीबेटीहरुलाई दर खुवाउन सहयोग पुर्याउनु हुने सम्पुर्ण कास्केली दाजुभाइ हरुमा पनि हृदय देखि नै आभार प्रकट गर्नुभएको थियो l कार्यक्रम सस्थाका सचिब अमृत प्रसाद बास्तोलाको संचालनमा अगाडी बढेको थियो l
-कृष्ण पुरी
-प्रकाशित मिति : १७ सेप्टेम्बर ,२०१८ कोरिया l
संबन्धित तस्बिरहरु :
कास्की परिवार द्वारा हरितालिका तिज कार्यक्रम सम्पन्न [फोटो  भिडियो फिचर सहित ]













, ,

0 comments

Write Down Your Responses

-->