कास्की परिवार द्वारा सेप्टेम्बर १६ मा तिज मनाइदै

अमृत बास्तोला
१२ सेप्टेम्बर२०१८ कोरिया l
नेपाली नारिहरुको महान पर्व हरितालिका तीज को शुभअवसर पारेर कास्की परिवार कोरियाले कोरियामा रहनुहुने सम्पुर्ण कस्केली चेलीबेटी लाई सामुहिक दर खुवाउने कार्यक्रम तयारी पूरा भएको छ।कास्की ले आयोजना गर्ने उक्त कार्यक्रम मा कोरियामा रहनु हुने सम्पुर्ण पेसाकर्मी विद्यार्थी तथा व्यवसायी कस्केली चेलीबेटी हरु लगाएत सम्पूर्ण सहयोगी -शुभचिन्तक नेपाली दिदीबहिनी तथा दाजुभाइ हरु लाई उपस्थित भइदिनु हुन भै आपसी भाइचारा तथा भातृत्व को बढाउन सहयोग गरिदिनु हुन सस्था का अध्यक्ष पासाले आग्रह गर्नु भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर 16 तारिक आइतबार सउल तोङ्देमुन स्थित अन्नपूर्ण सान रेस्टुरेन्ट मा दिनको ठिक 11:30 बाट 5:30 सम्म हुने छ।
तीज कार्यक्रम मा सामुहिक भोजन तथा साङ्गितिक कार्यक्रम को प्रबन्ध गरिएको छ।कार्यक्रम लाई रोमान्चित बनाउन को लागि कोरिया मा लोक गीत सङ्गीतको क्षेत्र मा बिस्तारै आफ्नो उचाई चुम्दै गर्नु भएकी लोक गयिका तथा कास्की परिवार कार्यसमिति सहकोषाध्यक्ष रमिला गौतम,केही समयको लागि कोरिया आउनु भयको नेपाल कि प्रख्यात कलाकार तथा लोक गायिका मन्जु बिक ,लोक गायक पुरन गुरुङ्ग ,शान्ती गुरुङ्ग ,इन्द्र बराल लगाएत का गायक गायिका हरुको बेजोड तथा आकर्षक साङ्गितिक प्रस्तुति रहने छ।साथै केही समयको लागि कोरिया आउनु भएको लोक गायिका कस्केली चेली मन्जु बिक ज्यु लाई सम्मान गर्ने कार्यक्रम रहेको छ।तीज को कार्यक्रम मा उपस्थित भै नेपाली मिष्ठान परिकार को स्वाद सङै बेजोड लोक सङ्गीत मा रमाइ कार्यक्रम लाई सफल पारिदिनु हुनको को लागि कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष दिल जलारी पाशा ले आग्रह गर्नु भएको छ।
यसैबिच कास्की परिवार दक्षिण कोरिया को पाचौ अधिवेशन तथा नया कार्यसमिति को चयन छुसक को दोस्रो दिन अर्थात सेप्टेम्बर 25 तारिक मा सउल स्थीत नेपाल हाउसमा हुने हुदा कोरिया मा रहनु हुने सम्पुर्ण कस्केली दाजुभाइ दिदिबहिनी हरुलाइ उपस्थित भै अधिबेशन सफलता का साथ सप्पन्न गर्न सहयोग गरिदिनु हुन पनि अध्यक्ष पासा ले आग्रह गर्नु भएको छ।

,

0 comments

Write Down Your Responses

-->