राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कोरियाको अधिबेशन यसरी तयारी

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो पुरा अधिबेशनको सम्पूर्ण तयारी भएको छ l
हाम्रो लोक दोहोरी हाम्रो शान!
प्रवासमा नेपालीहरूको छुट्टै पहिचान!!
भन्ने मुल नाराका साथ नेपाली गीत संगितको अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल बिदेश शाखा दक्षिण कोरियाको एेतिहासिक पहिलो अधिबेशन २०१८ को सम्पूर्ण तयारी पुरा भएको छ।आगामी सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन हुन लागेको उक्त अधिबेशनमा कोरियामा रहेका सम्पूर्ण लोक तथा दोहोरी गीत संग सम्बन्धित साथै अन्य संघ संस्था,बुद्धिजीबि,ब्यापारी,बिधार्थी लगायत सम्पुर्ण नेपाली महानुभाबहरूलाई उपस्थित भई अधिबेशन भब्य एबंम सब्य रूपमा सफल बनाई दिनको लागी अधिबेशन आयोजक समितिका संयोजक जीतन भाई श्रीसले हार्दिक अनुरोध गरेका छन।
लोक तथा दोहोरी गीतलाई ह्रदय देखी नै माया गर्ने कोरिया बासी सम्पूर्ण नेपालीहरूलाई एकै ठॉउमा समेटी राष्ट्रिय पहिचानलाई अभिब्यक्त गर्न लोक संस्कृतिको धरोहर नेपालमा सबै भन्दा अग्रणी संस्था लोक तथा दोहोरी गीतलाई ब्यवस्थित गराउन,मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने साथै बिशुद्द सामाजिक संस्थाको रूपमा संचालन गर्ने उद्देश्य राखी एक सांस्कृतिक कार्यक्रम को साथ कोरियामा गर्न लागेको एेतिहासिक पहिलो अधिबेशन सफल पार्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल का केन्द्रीय बरिष्ठ उपाध्यक्ष,बिदेश बिभाग प्रमुख साथै बरिष्ठ सर्जक आदरणीय रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको उक्त अधिबेशनमा प्रवासमा रहेर पनि राष्ट्रिय लोक संस्कृतिको उत्थानको लागी निरन्तर लागिरहनु हुने गायक संगितकार साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका बरिष्ठ सल्लाहाकार आदरणीय रामकृष्ण बममल्लको उपस्थितिमा कोरियाको सउल स्थित रेल लाईन नं ५ यउईदो स्टेशन गेट नं ३ दुर्गा रेष्टुरेण्ट दोस्रो तल्ला सभा हलमा सान्दार एबंम भब्य रूपमा सम्पन्न हुने भएको छ ।साथै सांगितिक भ्रमणमा कोरियामा रहनु हुने राष्ट्रिय स्तरका ख्याति प्राप्त चर्चित कलाकारहरू जस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका दित्तिय उपाध्यक्ष रामजी खाँड़ अनि केन्द्रीय सदस्य द्वय शिब हमाल ,राजन गुरूगं लगायत अन्य कलाकारहरू को पनि गौरवमय उपस्थिति हुने चर्चित गायक सर्जक सिपी मगरले जानकारी दिएका छन।
अधिबेशन सफल बनाउनको लागि अहोरात खटिरहनु हुने तपाईहरू साथै आर्थिक,नैतिक भौतिक रूपमा सहयोग गरिरहनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिदै आउदा दिनहरूमा अझै थप सहयोग र हौसला दिनु हुनेछ र कोरियामा रहनु हुने सम्पुर्ण कलाकर्मीहरूलाई साधारण सदस्यता लिनको लागि पनि आग्रह गरिएको छ l
-Updated by Krishna puri @krishmemory.kp@gmail.com
(13th september-2018 Korea)


,

0 comments

Write Down Your Responses

-->