पुर्कोट घर दक्षिण कोरिया द्वारा हरितालिका तिज धमाका सम्पन्न [फोटो भिडियो सहित ]


भिडियो :-
प्रबाशी भूमिमा दुख आपतमा सामाजिक सहयोग र मनोरंजन सहित कला सस्कृति सरक्षण सम्बर्द्धन गर्दै बिभिन्न गीत संगीत कला हरु उजागर गर्दै सक्रिय संस्था पुर्कोट घर द्वारा हरितालिका तीज बिशेष कार्यक्रम गत आइतबार ९ सेप्टेम्बरमा कान्तिपुर रेस्टुरेन्ट फेन्थेकमा हर्षोल्लासरुपमा सफलताका साथ सम्पन्न भएको छ lचेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाई एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनको लागी आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल बाट शान्ति र बिकाशका लागि खेलकुद नेपाली युवा संघ बाट रोमी गिरि साथमा बिभिन्न सघ सस्थाका अध्यक्ष तथा महानुभावहरुको उपस्थितिमा तीजका सुमधुर गीतहरुको साथमा गीत गायनका साथै बिभिन्न नृत्यहरु प्रस्तुत भएको थियो l साथै अन्तमा कलाकार हरुलाई सम्मान पनि गरिएको थियो l कार्यक्रम समापनमा बोल्दै पुर्कोट घरका अध्यक्ष ईश्वरी घिमिरे ले सो निमन्त्रणा लाई स्वीकार गर्दै पाल्नु भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पुर्ण चेलीबेटि हरुलाई धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रममा दिदिबहिनी- चेलीबेटीहरुलाई दर खुवाउन सहयोग पुर्याउनु हुने सम्पुर्ण उपस्थित दाजुभाइ हरुमा पनि शुभकामना प्रदान गरि हृदय देखि नै आभार प्रकट गर्नुभएको थियो l कार्यक्रम बिष्णु रिजाल को संचालनमा अगाडी बढेको थियो l
नमस्ते नेपाल कोरिया l-प्रकाशित मिति : ९ सेप्टेम्बर ,२०१८ कोरिया l
संबन्धित तस्बिरहरु :
भिडियो लिंक :-Purkot Ghar- पुर्कोट घर कोरिया तिज कार्यक्रम @2018

















, ,

0 comments

Write Down Your Responses

-->