सोलुखुम्बु सेवा समाज कोरियाद्रारा मदन पाख्रीन उपचार आर्थिक सहयोग हस्तान्तरण

-लिलु डुम्रे-
काठमाण्डौको विर अस्पतालमा उपचारार्थ सोलुखुम्बु काकु ७ का मदन पाख्रीनलाई सोलुखुम्बु सेवा समाज कोरियाद्रारा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।


दुर्गम,निम्न आर्थिक अवस्था भएका २८ बर्षीय मदन पाख्रीनको आफ्नो आय स्रोत ठोस आधार नभएको र चिकित्सकले मृगौला प्रत्यारोपन गरी विरामी बचाउन सकिने भनेकाले श्रीमती साना छोरा छोरीको भविष्यको लागी पनि बचाउन कोरियामा सोलुखुम्बु सेवा समाजद्रारा नेपाली दाजुभाई तथा दीदीवहिनीहरुमा मदन पाख्रीन उपचार सहयोग आर्थिक अभियान सञ्चालन गरी संकलन भएको रकम कोरियन दश लाख बैनवे वन नेपाली एक लाख चालिस हजार रुपया नेपालमा सोलुखुम्बु सेवा समाजका पूर्व अध्यक्ष उत्तम गुरुङ र धनकुमार राईद्रारा मार्च ६ तारिक स्वयम विरामीलाई नगद हस्तान्तरण गरियको संस्थाका सल्लाहकार दावा तामाङले जानकारी गराउनु भएको छ।

0 comments

Write Down Your Responses

-->