स्याङ्जा परिवारले आँधीखोला सांगीतिक सौगात ५ को आयब्यय सार्वजनिक साथै समिक्षा बैठक गर्ने

धन गुरुङ
स्याङ्जा परिवार दक्षिण कोरियाले गत सलनालमा आयोजना गरेको आँधीखोला सांगीतिक सौगात भाग ५ को आयब्यय सार्वजनिक गरी समिक्षा बैठक आयोजना गर्ने भएको छ ।

परिवारको सचिव बोम्जन गुरुङको अनुसार समिक्षा बैठकको लागि कोरियामा रहनुभएका स्याङ्जाली दाजुभाई, दिदिबहिनीहरु, अग्रज व्यक्तित्वहरु, प्रायोजक,पत्रकार, स्थानीय कलाकारहरु लगायत सम्पुर्णलाई उपस्थितिको लागि निमन्त्रणा गरिसकेको जानकारी दिए । कुनै कारणवश निमन्त्रणा प्राप्त नभएमा यसै सुचनालाई आधार मानेर उपस्थित भै कार्यक्रम सफल पारिदिनु हुन परिवारले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।

स्याङ्जा जिल्ला अन्तर्गत स्वास्थ्य क्षेत्रको सहयोगार्थ “आँधीखोला सांगीतिक सौगात-५” गरेको थियो । उक्त कार्यक्रमको लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कोरिया आएका थिए । साथै सोही कार्यक्रममा आँधीखोला सांगीतिक सौगातलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष राजु भण्डारीले बताए ।

मिति : २०१७ मार्च १२ तारिक आईतबार ।

समय : दिनको ठीक ११:०० बजे ।

स्थान : नेपाल हाउस, सिन्सोलदोङ ।

सम्पर्कका लागि,

धर्म गुरुङ : 01056652347

राजु भण्डारी : 01029911980

बोम्जन गुरुङ : 01046983055

0 comments

Write Down Your Responses

-->