कोरियामा छायांकन गरिएको अन्जु पन्तको म्युजिक भिडियो सार्बजनिक

-रमेश खावाजु -
दक्षिण कोरियामा छायांकन गरिएको अन्जु पन्तको आवाजमा रहेको नया म्युजिक भिडियो ''कुन मायाको मन्दिर '' सार्बजनिक भएको छ l

 ''कुन मायाको मन्दिर ''  गितका संगीतकार  सन्तोष श्रेष्ठ ,गीतकार डा.नाबी अधिकारी ,क्यामेरामान  दिराग थापा मगर हुन् भने भिडियो सम्पादक बिरेन्द्र भात तथा  निर्देशन गम्भीर राना  हुन l

म्युजिक भिडियोमा अभिनय चरित्र बिष्ट ,सकु थापा  तथा कृष्ण जंग हमाल ले गरेका छन् l कोरियाको  मक्पोको सुन्दर क्षेत्रहरुमा  छायांकन गरिएको कलाकार सकु थापाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताएकी छिन l
नेपालमा मोडलिङ गर्दा गर्दै   करिब ४ बर्ष अघि दक्षिण कोरियामा प्रवेश गरेकी कलाकार सकु थापाले  नेपाल तथा कोरियामा  विभिन्न  म्युजिक भिडियोहरुमा अभिनय गरि सकेकी छिन l

Video

,

0 comments

Write Down Your Responses

-->