कोरियाली कम्पनी एसवाई प्यानलले नेपालमा लगानी गर्ने

नमस्ते नेपाल कोरिया डट कम 
दक्षिण कोरियन  निर्माण कम्पनी एसवाई प्यानलले नेपालमा कारखाना विस्तार गर्ने तयारी गरेको छ । सुरु चरणमा १ करोड अमेरिकी डलर (१ अर्ब रुपैयाँभन्दा बढी) को प्रस्तावित परियोजना लिएर त्यसका उच्च अधिकारी काठमाडौं आएका छन् ।

त्यसका लागि कम्पनी दर्ता र वैदशिक लगानी स्वीकृतिको प्रक्रिया अघि बढाइएको अध्यक्ष होङ योङ–डनले जानकारी दिए । एसवाई प्यानल कम्पनीले कोरियामा धातुको प्रयोगबाट अग्ला–अग्ला भवन निर्माण गरेको छ । कोरियामा ५० कारखाना रहेको यसले आफूलाई चीन, भियतनाम र इन्डोनेसियामा विस्तार गरिसकेको छ । ‘यो अत्यन्त छिटो निर्माणको प्रविधि पनि हो’, शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष होङले भने, ‘नेपालमा कानुनी प्रक्रिया पूरा गरेको ६ महिनामा कारखाना निर्माण गर्ने लक्ष्य छ । भूकम्पपछिको पुनर्निर्माणलाई वैकल्पिक र भरपर्दो उपाय दिनु पनि हाम्रो उद्देश्य हो ।’



0 comments

Write Down Your Responses

-->