कास्की परिवारको आह्वान : अप्रिल २ मा साधारण सभा तथा अधिबेसन हुदैँ

कास्की परिवारको साधारणसभा तथा अधिबेशन हुने , सस्थालाई आवस्यक साथ -सल्लाह,सुझावहरु प्रदान गरि सफल पार्न हार्दिक आह्वान :

"संगठित समुह नै प्रदेशको सहारा हो" मुल नाराका साथ यस प्रवासी भूमी .कोरियामा सामाजिक क्षेत्र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा तथा अधिबेशन आउँदो अप्रिल २ तारिखमा हुने भएको कार्यसमितिका केही सदस्यहरु हेरफेर,केही सदस्यहरु समय अभावको कारण संस्थाको कार्यक्रमहरुमा सकृय रहन नसकेको अवस्थामा संस्थालाई सफलरुपमा नव नेतृत्व  मार्फत अगाडि बढाउन साधारणसभा बोलाएर सक्षम र सकृय ब्यक्तित्वहरुको सयोजन गराई कार्यसमितीलाई चुस्त रुपमा अगाडी बढाउने बातावरण तय गरिने अध्यक्ष खोम गुरुङ्गले बताउनुभएको छ l तसर्थ कास्की परीवार सग आबद्ध भएर सस्थामा हातेमालो गर्न चाहानुहुने कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरीएको छ l
कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थित भएर सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।
बिस्तृत विवरण : साधारण सभा  तथा अधिबेशन
मिति:- अप्रिल २ आईतबार
समय:- ठिक १२ बजे
स्थान:- नेपाल हाउस दोंग्देमुन
प्रकाशित मिति : १३  मार्च ,२०१७  कोरिया l

, ,

0 comments

Write Down Your Responses

-->