कास्की परिवार द्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न ,अप्रिल २ मा अधिबेशन हुँदै

कास्की परिवार दक्षिण कोरिया ले कोरिया को कार्यकाल समाप्त भै नेपाल फिर्ता हुन लागेका परिवार का पदाधिकारी हरु सल्लाहकार तथा भलिबल फूटबल का खेलाडी हरुको बिदाइ गरेको छ।सौल स्थित नेपाल हाउस मा कास्की परिवार दक्षिण कोरिया का बरिस्ठ सल्लाहकार नवीन गुरुङ  प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष खोम प्रसाद गुरुङ को सभापतित्व मा अमृत प्रसाद बास्तोलाले सन्चालन गर्नु भएको थियो। कार्यक्रम मा कास्की परिवार कार्यसमिति का सचिब बिशाल गुरुङ सकृय सदस्य पुर्ण चन्द्र अधिकारी सल्लाहकार कृष्ण पुरी, रोशन गुरुङ भलिबल प्रशिक्षक गणेश घमाल भलिबल खेलाडी बिशाल गुरुङ ,समीर बि के तथा फूटबल खेलाडी हरु सुनिल गुरुङ दिनेस गुरुङ लगाएत का ब्याक्तित्व हरु कोरिया मा आफ्नो बसाइ अबधी सकियर स्वदेश फिर्ता हुनै लाग्दा कास्की परिवार ले उहाँ हरुले गर्नु भएको योगदान को उच्च कदर गर्दै सम्मान तथा बिदाइ गरेको हो।प्रमुख अतिथि नवीन गुरुङ ,अध्यक्ष खोम प्रसाद गुरुङ विशेष अतिथी NRN कोरिया को उपाध्यक्ष लक्ष्मी गुरुङ, सुरज गुरुङ लगाएत ले सम्मानित ब्यक्ती हरु लाई खादा तथा सम्मान पत्र तथा माया को चिनो दिनु हुँदै बिदाइ गर्नु भयो कार्यक्रम मा बोल्ने क्रम मा परिवार का उपाध्यक्ष दिल जलारी पासा ले स्वागत मन्तव्य राख्नु भएको थियो भने परिवार का सल्लाहकार सुरज गुरुङ ले नेपाल फिर्न लाग्नु भएको हरु लाई शुभकामना दिदै कार्य समिती तथा खेलाडी हरुबिच अधिकतम छलफल तथा तयारी गरि आउदा दिन का भलिबल तथा फूटबल खेल हरुमा कास्की परिवार ले उत्कृष्ट नतिजा हासिल गर्नु पर्ने मा जोड दिनु भयो।विशेष अतिथी NRN कोरिया को उपाध्यक्ष तथा कास्की परिवार को सल्लाहकार लक्ष्मी गुरुङ ले फूटबल खेलाडी हरुलाइ जर्सी उपलब्ध गराउने घोषणा गर्दै सम्पुर्ण कास्की बासी लगाएत नेपाली हरु लाई कास्की परिवार ले सधै सहयोग गर्न सकोस भन्दै शुभकामना दिनु भयो ।भलिबल प्रशिक्षक गणेश घमाल ले कास्की परिवार लाई धन्यवाद दिदै आफू जहाँ भए पनि सदा सर्बदा कास्की परिवार को हित मा सोच्ने बताउनु भयो ।कास्की परिवार का सचिव विशाल गुरुङ ले फेरि पनि कोरिया आउने अवसर मिलेको खण्ड मा कास्की परिवार मा आवद्ध रहि जुनसुकै भुमिका निभाउन पनि तयार रहेको प्रतिबद्धता जाहेर गर्नु भयो भने सदस्य पुर्ण चन्द्र अधिकारी ज्यु ले कोरिया मा सिकेको सीप धन लाई नेपाल लगानी गरेर नेपाल मै केहिगर्न चाहेको बताउदै आफू कोरिता नआएता पनि कास्की परिवार प्रती सदैब शुभेच्छा राख्ने तथा सहयोग गरिरहने जानकारी गराउनु भयो ।कास्की परिवार का सल्लाहकार,समाज सेवि मिडिया कर्मी कृष्ण पुरी  ले आफू  कोरियामा भए पनि नभए पनि सदा सर्बदा कास्की परिवार लाई आफ्नो क्षेत्र बाट सहयोग गरि रहने बताउनु भयो कार्यक्रम मा हालसालै वोमन फर वोमन दक्षिण कोरिया को वरिष्ठ उपाध्यक्ष मा निर्बिरोध चयन हुनु भएको कास्की परिवार को सल्लाहकार रितु श्रेष्ठ ज्यु लाई पनि सम्मान गरिएको थियो।
कार्य क्रम समापन को क्रम मा कार्यक्रम का सभापति तथा कास्की परिवार का अध्यक्ष खोम प्रसाद गुरुङ  ले नेपाल जान लाग्नु भएको सबै जना लाई शुभकामना दिनु हुँदै कास्की परिवार को हाल को अवस्था समस्या तथा समाधान का उपाए हरु को बारेमा चर्चा गर्नु भएको थियो ।कार्य समिती को पदावधि केही समय बाकी रहदै केही पदाधिकारी हरु स्वदेश फिर्नु भएको तथा केही पदाधिकारी हरु निष्क्रिय रहनु भएको ले कास्की परिवार ले आफ्ना कार्यसम्पादन गर्न मा आएको अफ्ट्यारा हरु लाई मध्यनजर गर्दै  गत फेब्रुअरी १३  मा बसेको कास्की परिवार दक्षिण कोरिया को कार्यसमिति को निर्णय अनुसार  आगामी अप्रिल २  तारिक कास्की परिवार को साधरण सभा तथा अधिबेशन हुन लागेको पनि जानकारी गराउनु भयो अध्यक्ष खोम प्रसाद गुरुङ का अनुसार अप्रिल २  आइतबार को दिन नेपाल हाउस सौल मा कास्की परिवार दक्षिण कोरिया को साधरण सभा तथा अधिबेसन हुने भएको हो ।साथै अधिबेशन लाई सफल पार्न तथा चुस्त दुरुस्त कार्यसमिति छ्नोट को  लागी  सम्पुर्ण कोरिया बासी कस्केली लाई उपस्थित भै सहयोग गर्नु हुन पनि अनुरोध गर्नु भयो।प्रकाशित मिति :- ८  फेब्रुवरी -२०१७ ,कोरिया कार्य क्रम समापन को क्रम मा कार्यक्रम का सभापति तथा कास्की परिवार का अध्यक्ष खोम प्रसाद गुरुङ  ले नेपाल जान लाग्नु भएको सबै जना लाई शुभकामना दिनु हुँदै कास्की परिवार को हाल को अवस्था समस्या तथा समाधान का उपाए हरु को बारेमा चर्चा गर्नु भएको थियो ।कार्य समिती को पदावधि केही समय बाकी रहदै केही पदाधिकारी हरु स्वदेश फिर्नु भएको तथा केही पदाधिकारी हरु निष्क्रिय रहनु भएको ले कास्की परिवार ले आफ्ना कार्यसम्पादन गर्न मा आएको अफ्ट्यारा हरु लाई मध्यनजर गर्दै  गत फेब्रुअरी १३  मा बसेको कास्की परिवार दक्षिण कोरिया को कार्यसमिति को निर्णय अनुसार  आगामी अप्रिल २  तारिक कास्की परिवार को साधरण सभा तथा अधिबेशन हुन लागेको पनि जानकारी गराउनु भयो अध्यक्ष खोम प्रसाद गुरुङ का अनुसार अप्रिल २  आइतबार को दिन नेपाल हाउस सौल मा कास्की परिवार दक्षिण कोरिया को साधरण सभा तथा अधिबेसन हुने भएको हो ।साथै अधिबेशन लाई सफल पार्न तथा चुस्त दुरुस्त कार्यसमिति छ्नोट को  लागी  सम्पुर्ण कोरिया बासी कस्केली लाई उपस्थित भै सहयोग गर्नु हुन पनि अनुरोध गर्नु भयो।
प्रकाशित मिति :- ८  फेब्रुवरी -२०१७ ,कोरिया 

सम्बन्धित तस्बिरहरु :-





,

0 comments

Write Down Your Responses

-->