कोरियामा अब साहू

              राम सुन्दर बस्नेत 
-गजल-


महिनामा तलबको  २० % कटाउँछ साहुले।।
पाउने हरेक सुबिधा अब घटाउँछ साहुले।।

पैसाको मेसिन सम्झने बढ्दो मानसिकता,
मजद्दुरलाई निरन्तर अब खटाउँछ  साहुले।।

कन्टेनरमा  राख्यो,अपार्टको  पैसा काट्यो,
मिलेसम्म  एउटै  कोठामा अटाउँछ साहुले।।

देखाउँदै कानुन!!!सुबिधा हरेकलाई फरक,
मिल्ने  आफ्नै  साथिहरु  फटाउँछ साहुले।।

मजद्दूरमैत्री कानुन र  नियमहरु नभएपछी,
हेपाईको दूष्टी राखेर अब ठटाउँछ साहुले।।

-राम सुन्दर बस्नेत ,कोरिया 

,

0 comments

Write Down Your Responses

-->