चलचित्र लुट टु थेजनमा मार्च १९ तारिख प्रर्दशनमा गरिने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा बहु प्रतिक्षितरुपमा रहेको नेपाली कथानक चलचित्र लुट टुको आगामी मार्च १९ तारिख आइतबार थेजनमा प्रर्दशनी गरिने भएको छ।

कोरियाको मध्य भागमा रहेको मुख्य शहर थेजनमा नेपालीहरुको आबास गृह  (सेल्टर ) स्थापनाको लागि सहयोगार्थ सो चलचित्र प्रर्दशन गर्न लागेको हो । सामाजिक सहयोग गरी पुन्य कमाउदै हप्ताभरीको कामको थकान मेटाउन चलचित्र लुट टु हेर्न हलसम्म आइदिनहुन आयोजक नेपाली थेजन समाजले आग्रह गरेको छ ।

नेपाली कथानक हिट चलचित्र लुटको सिरिजको रुपमा रहेको चलचित्र लुट टु कोरियाको विभिन्न शहरमा प्रदर्शन गर्ने तयारीमा रहेका छन् । सो चलचित्र निमार्णक्रम देखि नै दर्शकहरुको बहु प्रतिक्षाको रुपमा रहेका छन् ।

चलचित्र प्रदर्शन गरिने स्थान र मिति निम्न अनुसार रहेको छ ।

मिति  :- २०१७ मार्च १९ तारिख आइतबार
समय :-  दिनको १ बजे

स्थान :-  Jeon Tong Naregwan. Daejeion Dongh Gu Sojedong 299-34 , (थेजन यकको टिकट काउन्टरबाट पुर्व हिडेर छ मिनेट लाग्ने)

पहिला झोला ,रेशम फिलिली, गाजलु र छक्का पञ्जा प्रदशन गरेको हल पाँचौ तला मै प्रदशन गरिने छ।

,

0 comments

Write Down Your Responses

-->