नेपाल मगर संघ कोरियाको ८ औँ अधिबेसनमा प्रस्तुत आर्थिक प्रगति प्रतिबेदनको सारांश

यम श्रीस मगर ,कोरिया 
नेपाल मगर संघ कोरियाको स्थापना २००३ मा भएको थियो| स्थापना भएको करिब १४ बर्षको अबधिमा थुप्रै आरोह अबरोह आएको देखिन्छ| बिशेष गरि २००८ देखि ई पी एस् मार्फत नेपालीको संख्या बढे संगै मगरहरुको जनसंख्या पनि बढेका छन् |नेपाल  मगर संघ कोरियामा आबद्द हुने र सहयोग गर्ने मगरको संख्या उल्लेखनीय छ|सन् २०११ देखि मगर संघको अवस्था अब्बल हुदै आएको छ| नेपाल मगर संघ कोरियाले कोरियन चाड सलनाल र चुसकमा गरिने साँस्कृतिक कार्यक्रम यो १४ बर्ष को अबधिमा ५ वोटा ठुला कार्यक्रम सम्पन्न गरिसकेको छ |पछिल्लो २०१४मा गरेको नेपथ्य कन्सर्ट वीथ तेरिया भन्ने सांस्कृतिक कार्यक्रम मगर संघको इतिहासमा सबै भन्दा ठुलो कार्यक्रम हो आर्थिक रुपमा समेत| नेपथ्य कार्यक्रमबाट करिब ८  करोड ५० लाख कोरीयन वोन बचत गर्न सफल भएको मगर संघ कोरिया, पछिल्लो समय सामाजिक रुपमा दानी र सक्रिय शक्तिशालीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ|

मगर संघले हरेक बर्ष आफ्नो मौलिक चाड माघेसंक्रान्ति, मगर स्थापना दिवस,बनभोज,भेटघाट आदि कार्यक्रमको आयोजना गर्दै आएको छ|मगर संघ केन्द्र तथा विश्वभर रहेका मगरसंघको संजाल संग समेत समन्वय गर्दै मगर जातिको हक हित र अधिकार को लागि आवाज उठाउदै आएकोछ |प्रबाश कोरियामा मगर, गैह्र मगर तथा नेपाली संघ संस्थाहरुलाई समेत हातेमालो गर्दै सक्दो आर्थिक सहयोग गर्दै आएको छ|

स्वदेशमा समेत भूकम्प पिडितका  लागि सहयोग अभियान संचालन गरेर नेपालका विभिन्न जिल्लाहरुमा करिब १करोड ९०  लाख वोन  बराबरको जिन्सी नगद सहयोग गरेको थियो| कोरियामा वुमन फर वुमनले महिलाको लागि मात्र संचालन  गरेको महिला सेल्टर स्थापना गर्नका  लागि २०११ मा १० लाख वोन र जनजाती महासंघ कोरियाले डोल्पाका ३ जना  बिध्यार्थीलाई अध्ययन गराउन २ पटक गरेर २६ लाख वोन सहयोग गरेको थियो|त्यसै गरि बाग्लुंगका जुनु पुन द्वारा काठमाडौँमा संचालित एकिकृत सृजनशिल समाज लाई  १ लाख रुपयाँ, नेपाल हाउसको लागि १५ लाख वोन, धुर्मुस सुन्तली फाउन्डेसन लाई ११ लाख वोन,कोरियामा जन्मेका अब्जेक काउचा बाबुलाई (किड्नीका बिरामी) ३० लाख वोन  ,भगवती सलामी मगर(ढाडको बिरामी ) ६४ लाख वोन , इन्द्र राना मगर (क्यान्सरको बिरामी) लाई  ३० लाख वोन, ,रोल्पाका बिध्यार्थी हुकुम रोकामगर(करेन्ट लागेर बिरामी) लाई ५ लाख ५० हजार वोन,खेलमा घाइते भएका फुटबल खेलाडी बिजय बिक्रम आलेलाई करिब ४५ लाख वोन ,अर्का फुटबल खेलाडी (खेलको क्रममा घाइते )विनाश रोका मगरलाई ३७ लाख वोनको उपचार खर्च सहयोग,धनगडीका ढाडका बिरामी बिक्रम थापा मगरलाई ७ लाख वोन ,  लगायत थुप्रै बिरामीहरुलाई आर्थिक अभियान संचालन गरेर सहयोग गरेको छ | अधिबेसनकै दिन डा. महाबिर पुनद्वारा राष्ट्रिय आविस्कार केन्द्र स्थापनार्थ चलाइएको अभियानलाई मगर संघ र अभियान मार्फत ४० लाख वोन सहयोग गर्ने भएकोछ |

मगर संघले फुटबल र भलिबल खेल आयोजना गर्ने र सहभागी हुने पनि गर्दैआएको छ| संघले तुन्देमुनमा आफ्नो कार्यालय सहित सेल्टर पनि संचालन गरेकोछ जहाँ धेरै नेपाली महिला पुरुषले सेल्टरलाई उपयोग गरेका छन् |

मगर संघ कोरियाको २०१७  फेब्रुअरी २६ तारिख भएको ८ औँ अधिबेसनमा कोषाध्यक्ष मनु रोकाद्वारा  प्रस्तुत आर्थिक प्रतिबेदनलाई अधिबेसनले पास गरेको थियो| यो प्रतिबेदन १ बर्षको रहेकोछ|एक बर्ष भित्र गरेका आम्दानी खर्चको विवरण निम्न अनुसार रहेको छ|

आम्दानि

१ पछिल्लो बार्षिक साधारण सभा पछि को बचत         ७,७१,१५,९०० वोन

२ मासिक ले बि                                                     ३२,८०,००० वोन

३ भलाई कोष थप                                                  १४,००,००० वोन

४ बिशेष सहयोग                                                 ८९,३१,००० वोन

५ ब्याज आम्दानी                                             १,२९,४१,१३० वोन

६ मगर कल्यान कारी कोष थप                         ३,९१,००० वोन

७ बिबिध कार्यक्रम बाट प्राप्त                            ३,७६,०७,५००वोन

८ फुटबल प्रतियोगिता उपाधि                          ४८,००,००० वोन

९  मगर संघको ड्रेस बिक्रि                                  १६००००० वोन

जम्मा                                        १४,८०,६६,५३० वोन

खर्च विवरण

१० बार्षिक साधारण सभामा खर्च                      ५२०२०० वोन

११ कार्यालय सेल्टर सम्बन्धि                         ७३९३३२० वोन

१२ सहयोग सम्बन्धि                                     ७२३०१०० वोन

१३ स्वागत सम्मान र बिदाई                        ५६,४३,९०० वोन

१४ खेलकुद तर्फ                                          १,३४,५५,२०० वोन

१५ संघ द्वारा गरिएको कार्यक्रममा खर्च               ३,४५,७८,४४५ वोन

१६ बिबिध खर्च                                                ३४,९५,००० वोन

१७ बैंक चार्ज                                                       १०८९०० वोन

१८ भलाईकोष बाट सदस्यता फिर्ता                     ३,००,००० वोन

जम्मा खर्च                                       ७,२७,२५,०६५ वोन

जम्मा बचत =         १४,८०,६६,५३० वोन – ७,२७,२५,०६५ वोन =७५३४१४६५ वोन

कोरियामा  रहेका नेपाली संस्थाको बार्षिक आम्दानी खर्च लाई हेर्दा सबै भन्दा ठुलो बजेट नेपाल मगर संघको देखिन्छ| एक बर्षको अबधिमा १५ करोड वोन (करिब १ करोड ५० लाख रुपयाँ)  भन्दा बढीको बजेट देखिन्छ र  ७ करोड २७ लाख वोन खर्च गरि ७ करोड ५३ लाख बचत गर्न सफल भएको छ|

संघको कोषमा रहेको करिब ६ करोड वोन आन्तरिक रुपमा परिचालन गरि १ करोड २९ लाख वोन ब्याज मात्र प्राप्त गर्न सफल भएकोछ| फूटबल,भलिबल ,माघेसंक्रान्ति आदि कार्यक्रमबाट ३,७६,०७,५००वोन आम्दानी गरेको छ भने ति कार्यक्रम सम्पन्न गर्न ३,४५,७८,४४५ वोन खर्च गरेको छ|खेलकुदमा पुरस्कार ४६लाख वोन प्राप्त गरेको छ भने खर्च  १,३४,५५,२०० वोन गरेको देखिन्छ| विभिन्न क्षेत्रमा सहयोग ७२ लाख वोन संस्था बाट गरिएको देखिन्छ| सेल्टर संचालन गर्न को लागि७४ लाख खर्च गरेको देखिन्छ | अगिल्लो साधारण सभा भन्दा करिब १८ लाख वोनले घाटा रहेको देखिन्छ यो बजेट |

संघको दुईवटा अलग्गै कोष पनि छ|पहिलो भलाई कोष, यो कोषमा कुनै मगर सदस्यले १ लाख वोन राख्नु पर्छ|नेपाल जाने बेलामा फिर्ता हुने सर्तमा जम्मा गरेको रकमको ब्याज संस्थाले प्रयोग गर्दछ|यो कोषमा हाल सम्म ६९लाख वोन रहेको देखिन्छ |  अर्को मगर कल्याणकारी कोष, यसमा एक जना सदस्यले १०००० वोन राख्नु पर्छ| कोरियामा कार्यरत मगर सदस्यहरु जो बिरामी वा दुर्घटनामा पर्छन उनिहरुको सहयोगको लागि बनाइएको कोष हो|यसबाट आबस्यकता अनुसारको रकम सहयोग प्रदान गरिन्छ| हाल सम्म यो कोषमा ३३९१००० वोन रहेको देखिन्छ|

0 comments

Write Down Your Responses

-->