थेजन नेपाली समाजद्धारा कोरियामा नेपालीहरुको लागि सेल्टरको स्थापना


मार्च १२ तारिक आइतबारका दिन  थेजन शहर वरीपरी रहेका नेपालीहरुको साझा संस्था थेजन नेपाली समाजले नेपालीहरुलाई आपत विपद तथा अस्वस्थ्य भएको बेला खाना बस्ने सेवा उपलब्ध गराउने सेल्टरको स्थापना गरेको छ ।

श्रम सहचारी देवराज ढकालको प्रमुख आतिथ्यमा उक्त  सेल्टरको उद्घाटन गरिएको छ । सोही अवसरमा कम्पनीले विदेशी कामदारबाट खाने बस्ने वापत मासिक तलबबाट २० प्रतिशत सम्म कटौती गर्ने कोरियन सरकाले हालै गरेको निर्णय बारे यसभन्दा अघि पनि कतिपय साहुहरुले खाने बस्ने पैसा लिदै आएकाले कसैलाई लिने कसैलाई नलिने गरी जथाभावी धेरै पैसा नकटाउन भनी एकरुपता ल्याउन सो नियम ल्याएको जानकारी पाएको श्रम सहचारी ढकालले बताए ।

सेल्टर थजन यकबाट मोटरमा करिब १५ मिनटको दुरीमा रहेको छ । आइ.एफ.सि होप च्यापलको विषेश सहयोगमा सेल्टरको स्थापना गरिएको हो । सेल्टरको मासिक भाडामा आधा समाजले नै व्यवहोनुर्् पर्ने अध्यक्ष गोविन्द बास्तोलाले बताए । छुगोइ० अपार्टको तेस्रो तलामा रहेको सेल्टरमा तीन कोठा रहेको छ ।


सेल्टरको ठेगाना

थेजन छुंगु छुइ०जोन दो छुगोइ० अपार्ट 1 थान्जी 7  दोइ० 305  हो

대전 중구  중촌동  주공아파트 1 단지 7 동 305 호

सम्पर्क  :  010 2145 0497

,

0 comments

Write Down Your Responses

-->