कास्की परिवारद्वारा बधाई ज्ञापन साथै सस्थाको आह्वान

कास्की परिवारद्वारा ऋतु श्रेष्ठ  तथा खड्ग थापामगर  लाई बधाई ज्ञापन साथै  सस्थागत कार्यक्रम सफल पार्न आह्वान :

सदाको बर्ष झै यो बर्ष पनि कास्की परिवार द०कोरियाले कोरियाको ४ बर्ष १० महीना बसाई अबधि सकिएर नेपाल फर्किन लाग्नु  भएका कास्केली भलिबल तथा फूटबल खेलाडीहरु र संस्थाका पदाधिकारीहरुलाई पनि बिदाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ। यस बर्षको दोस्रो पटक हुन लागेको बिदाइ तथा सम्मान कार्यक्रम तेस्रो महिनाको ५ मा अर्थात मार्च ५  गते आइतबारका दिन सोल स्थित नेपाल हाउसमा सम्पन्न हुन गाइरहेको हो l   सम्पूर्ण कोरियाबासी आदरणीय कास्केली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भइ सफल पारिदिनु हुन कास्की परिवार दक्षिण कोरियाले  हार्दिक अनुरोध गरेको  छ  ।

अन्तमा हिजो भर्खर मात्र सम्पन्न वुमन फर वुमनको चौंथो अधिवेशनबाट कास्की परिवारका सल्लाहकार श्री ऋतु श्रेष्ठ वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत निर्बिरोध चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुमा बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना पनि व्यक्त  गरेको  छ l  साथै हिजै सम्पन्न नेपाल मगरसंघ द.कोरियाको अधिवेशनबाट पुन निर्वाचित अध्यक्ष श्री खड्ग थापामगरज्यु एवं नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यहरुमा कास्की परिवार,द.कोरियाले  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ  ।


 त्यसै गरि आगामी अप्रिल २ मा पनि कास्की परिवार दक्षिण  कोरियाले  साधारण सभा  अधिबेशन रहेको पनि सहर्ष जानकारी गराउउदै अध्यक्ष 
खोम गुरुङले सम्पूर्ण कोरियाबासी आदरणीय कास्केली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भई  सफल पारिदिनु हुन   हार्दिक अनुरोध गर्नुभएको  छ  ।


बिदाइ तथा सम्मान कार्यक्रम:-
मिति :- २०१७-०३-०५ गते आइतबार 
स्थान :- नेपाल हाउस,सोल
समय :- दिनको ठिक १२ बजे 


,

0 comments

Write Down Your Responses

-->