चर्चित गीत "साइली" लाइ गीतकार शुष्मा रुपाबुङको औपचारिक जवाफ

-रमेश खावाजु -
चर्चित गीत "साइली" लाइ जवाफ दिन गीतकार शुष्मा रुपाबुङले मनछुने गीत " साइला '' सार्बजनिक गरेकी छिन् l ''साइला '' गीतमा गीतकार सुष्मा रुपाबुङ राई  को शब्द ,डी.आर. अटूको संगीत र   सुनिता थेगिमको आवाज रहेको छ l



म्युजिक भिडियो सार्बजनिक भएको  छोटो समयमै अत्याधिक चर्चित  हेमन्त रानाको  "साइली"  गीतले बिभिन्न रेकर्ड कायम गर्दै  बिश्वभरी रहेका नेपालीहरुको मनमा बस्न सफल उक्त गीतले धेरै नेपालीहरुलाई भाबुक पनि बनायो l विदेशी भूमिमा दुःख गरेर परिवारलाई सुखमा राख्ने सपना बोकेर बाध्यताले बिदेशिएका लाखौँ  नेपाली युवाहरुको कथामा आधारित उक्त गीतले  ४० बर्ष काटेपछि अर्थात् विदेशबाट फर्केपछि  जीवनभर साथ दिने अर्थात साइली सित  रमाउने कुराहरु गरेका छन् l साइली गीतबाट प्रभावित भएर अहिले धेरै जवाफी गीतहरु जन्माइरहेको छ भने नेपाली चलचित्र समेत बनाउन लागेका छन् l

अनौपचारिक रुपमा सामाजिक संजालमा साइलीको जवाफी स्वरुप विभिन्न गितहरु  अपलोड गरेता पनि औपचारिक रुपमा गतिलो जवाफ दिनुपर्छ भनेर गीतकार सुष्मा रुपाबुङले हिम्मत गरेर ''साइला '' गीत सार्बजनिक गरेकी छिन् l
''४० नकाट्दै रमाउला....
चाहिन्न महगो गहना सारी 
गोडौला आफ्नै बाझो खेतबारी
हेर साइला पर्देश बाट आउ फर्केर '' 
यस गीतमा  निकै मार्मिक ,भाबुक तथा नेपालमै पनि मेहनत गर्न सक्यो भने धेरै कुराहरुको सम्भावना रहेको आशाबादी शब्दहरु प्रयोग गरेर  "साइली " गीतलाई जवाफ फर्काएकी छिन् l काठमाडौँ स्थित ओपल  स्टुडियोमा रेकोर्ड गरिएको उक्त गीतलाई राजु कार्की ले एरेन्ज गरेका हुन् भने रमेश संग्रौला ले लिरिकल भिडियो तयार परेका हुन् ।यस गीतको प्रतिक्रिया हेरेर  फिचर भिडियो पनि छिट्टै निर्माण गर्ने योजना रहेको  गीतकार रुपाबुङ राईले बताएकी छिन ।

,

0 comments

Write Down Your Responses

-->