वोमेन फर वोमेनका अध्यक्षमा पदमा श्रेष्ठ चयन

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा रहेको महिलाहरुको संस्था वोमेन फर वोमेनका लागि पदमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार सोलमा सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले रितु श्रेष्ठ (भट्टचन) बरिष्ठ उपाध्यक्ष, जमुना थापा उपाध्यक्ष , रुपा गुरुइ० सचिव , सवित्रा बोगटी सहसचिव , पार्वती लामा कोषाध्यक्ष र कुमारी गुरुइ० सह कोषाध्यक्षमा चयन गरेका छन् । कार्यसमितिका अन्य पदका लागि पछि नियुक्त गरीने गरीने जनाइएको छ ।

कार्यवाहक राजदुत किरण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा संस्थालाई सहयोग गर्ने दूताबासदेखि कोरियन संस्थाहरुलाई ताम्रापत्रसहित सम्मान गरिएको थियो । त्यस्तै पूर्व अध्यक्ष मल्लिाका थकालिको सभानेतृत्वमा सम्पन्न कार्यक्रममा साथै कोरियामा रहेका विभिन्न क्षेत्रका समाजसेवी महिलाहरु, संस्थाका सल्लाहकारहरु र छाता संस्थालाई दोसल्ला ओढाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

,

0 comments

Write Down Your Responses

-->