कोरियाको कम्पनिमा

राम सुन्दर बस्नेत
-गजल -


फान्जाड्गनिमको नमिठो बोलिले,पुरै कान खायो।।
सेख्या,सिब्फाल!चर्को आबाजले,पुरै ध्यान खायो।।

कहिले  नझुक्न वीर  नेपालि!गोर्खालि ईतिहासको,
डलरले नराम्म्ररी झुकाएर !! पुरै स्बाभिमान खायो।।

कसैलाई पनि  पहाडी,हिमालि र  मधेसि  देख्दैन,
परिचय समान राखेर नेपालि! पुरै पहिचान खायो।।

प्रश्न सोध्छ!!सगरमाथा र लुम्बिनि भारतमा पर्छ?
जानेर बा नजानेर नेपालिको!! पुरै   सान खायो।।

तिब्र गतिको ईन्टरनेट,तिब्र गतिमा चलाएर दैनिकी!
मेसिनमा जोताएर केटाको यहाँ !पुरै जबान खायो।।
राम सुन्दर बस्नेत , कोरिया 

0 comments

Write Down Your Responses

-->