दोङदेमुन ब्यवासयी संघको प्रथम अधिवेशन मार्च १२ मा सर्यो आवास गृहको समुदघाटन पनि हुने

नमस्ते नेपाल कोरिया सम्वाददाता 
, दक्षिण कोरियाका दोङदेमुन ब्यवासयी संघको प्रथम अधिवेशन एक हप्ता अगाडी १२ मार्चमा सरेको छ । मार्च १९ का दिन नेपालबाट उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल बिद्दुत प्राधिकरणका कुलपति कुलमान घिसिङ समेतको उपस्थितीमा गरिने उर्जा सम्बन्धी लगानी अन्तरकृयाको महत्वलाइ बुझी उक्त कार्यक्रम १ हप्ता अगाडी सारिएको हो ।

आपसी मेलमिलाप, सद्भाव, एकता र सेवा भन्ने मुल नारा बनाइ यस संस्थालाइ बिधिवत रूपमा आउंदो मार्च १९ का दिन एेतिहासिक प्रथम अधिवेशन आयोजना गरिने भनी पूर्व सूचना गरिएको थियो ।

संस्थाका संयोजक भीम बहादुर गुरूङले सोही दिन नेपाली आवास गृहको पनि समुदघाटन गरिने बताउंदै १ हप्ता भित्रै उक्त आवास गृहलाइ संचालनमा ल्याइने बताउनु भयो ।
बिभिन्न उद्देश्य बोकी रोजगारीका लागि दक्षिण कोरिया आइ बेरोजगार भएर बस्नु परेका नेपालीहरूका लागि दोङदेमुन बिभिन्न क्षेत्रीय र जातीय आवास गृहहरू भएता पनि सबैको सार्वजनिक बासको बन्दोवस्त मिलाउन नेपाली आवास गृहको निर्माण गरिएको जानकारी दिइएको छ ।

संस्थालाइ कृयाशील बनाइ लैजाने र ब्यापार ब्यवसाय संगसंगै सामाजिक सेवा पनि गर्दै जाने संस्थाको उद्देश्य अनुरूप उक्त संस्थालाइ विधिवत रूप मैं बिस्तार गरी लैजाने भएको हुंदा मार्च १२ का दिन आयोजना गरिने प्रथम अधिवेशनमा उपस्थित हुन सम्पूर्ण नेपाली संघसंस्थाहरूका प्रतिनिधीहरूलाइ आव्हान गरिएको छ ।

कोरियामा नेपाली टाउन भनेर चिनिने दोङदेमुन वरपर ब्यापार ब्यवसाय गरेर बसिरहेका नेपालीहरूको एक भेलाले दोङदेमुन ब्यवसायी संघ नामाकरण गरी दोङदेमुनमा माया मार्ट संचालन गरिरहनु भएका श्री भीम बहादुर गुरूङको संयोजकत्वमा एउटा तदर्थ कमिटी निर्माण गरेको छ ।

0 comments

Write Down Your Responses

-->