कोरियामा “भलिवल प्रतियोगिता” हुने

लिलु डुम्रे 
दक्षिण कोरियामा यस बर्षको लागि जाडो मौसमको अन्त्यसँगै खेलकुदका लागि अनुकल समय शुरू भएको छ। गर्मी मौसमको क्रमसँगै खेलकुद क्षेत्रको मनोरञ्जनपूर्ण खेल भलिवल प्रतियोगिताको सीजन शुरु भएको छ। यस बर्ष आयोजना गरिने भलिबल खेलका प्रतियोगिताको आवश्यक पूर्व-तयारी गर्नुपर्ने भएकोले भलिवल संघ दक्षिण कोरियाले बैठक आयोजना गर्ने भएको छ।

यस बर्ष प्रतियोगिता सञ्चालन गर्न इच्छुक संघ-संस्थाहरु तथा खेलप्रेमीहरुलाई उपस्थित भई “भलिवल प्रतियोगिता” कार्यक्रम बाँडफाड सम्बन्धी जानकारी लिनुहुन आग्रह गरिएको छ। साथै सहभागीहरुले भलिबल विकास ऱ प्रतियोगिताका लागि आफ्नो सल्लाह, सुझाव दिन अनुरोध गरिएको छ । विकास , अनुशासन र गतिशीलतालाई खेलकुदको मुख्य मापदण्डलाई आत्मसाथ गर्दै भलिबल संघ दक्षिण कोरियाले निम्न मिति समय र स्थानमा भलिबल प्रतियोगिताका बिषयमा छलफल आयोजना गर्ने भएको छ।
मिति : २०१७ फेब्रुअरी २६ तारीक आईतबार ।
समय : दिनको १२ बजे ।
स्थान : नेपाल हाउस, सिन्सोलदोङ ।
सम्पर्क : 01021585531 (अमित राना)

0 comments

Write Down Your Responses

-->