नमस्ते ग्रुपले रसुवामा भूकम्प पीडित ३६७ परिवारलाई खाद्यान्न सहयोग

कोरियामा नमस्ते ग्रुपले फ्री स्टाइल डान्स पार्टी  मार्फत सलनाल- छुसक जस्ता पर्वहरुमा भरपुर  मनोरन्जन दिदै आइरहेको र सो कार्यक्रम बाट उठेको रकम नेपालमा भुकम्पपिडित बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरूलाई
सहयोग गर्ने घोषणा अनुरुप हालै रसुवामा सहयोग  कार्यक्रम सम्पन्न गरेको छ l  

रसुवाका भूकम्प पिडितलाई ३ वटा शिविरका ३६७ परिवारलाई ६६२५ किलो खाद्यान्न सहयोग:



नमस्ते ग्रुपले कोरियन पर्व सलनाल गत जनवरी २७ तारिखमा ड्रिम  प्यालेसमा आयोजना गरेको भूकम्पपिडित बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरूलाई ओड्ने कपडा बाड्ने उदेश्यका साथ सो फ्रि स्टाइल डान्स पार्टी  [ Freestyle Dance Party Volume-2 ]कार्यक्रमबाट संकलन भएको रकमले रसुवामा भुकम्पबाट विस्थापितहरुलाइ सहयोग गरेको छ।सहयोग गर्नको लागि नमस्ते गुपका सदस्यहरु भुकम्पले अति प्रभावित मानिने जिल्ला रसुवा पुगे ।यसै क्रममा भुकम्पपछि विस्थापित जीवन बिताइरहेका रसुवाको हाकु र डाडागाउ गाविसका विस्थापितहरुलाई लहरेपौवा गाविस ,वडा-१ बोगटीटार क्षेत्रमा शिविरमै गएर भेटी दयनीय अवस्थामा बसोबास गर्दै आइरहेको ३ वटा शिविरमा नमस्ते ग्रुपका सदस्यहरु आफैले विवरण संकलन गरे ।उक्त शिविरमा विवरण संकलन गर्ने क्रममा त्यहाको अवस्थालाइ मध्यनजर गर्दा र विस्थापितहरु स्वयमले कपडा भन्दा पनि खाद्यान्नको अभाव रहेको जानकारी गराउदै खाद्यान्न सहयोग माग गर्नुभयो ।  ग्रुपले उहाँहरुको मागलाइ स्विकार्दै ३ वटा शिविरका ३६७ परिवारलाई ६६२५ किलो चामल आफ्नै सदस्यहरुमार्फत पीडितको हातमै पर्ने गरि सफलता पुर्वक वितरण गरेको छ ।
सम्बन्धित  तस्बिरहरु :-




-प्रकाशित मिति  :-  २०१७, फेब्रुवरी  २५ कोरिया l

,

0 comments

Write Down Your Responses

-->