कठिन गरे पनि काम, किम्चिसँग माम!!

-गजल {कोरिया कृषिमा आधारित} -
राम सुन्दर बस्नेत 


श्रम बेच्ने  चेलिहरुको अस्मिता लुटियो।।
कृषिमा कामदार यहाँ साहुबाटै कुटियो।।

कठिन  गरेपनि  काम, किम्चिसँग माम!!
भोकै कन्टेनरको ओछ्यानमा लुटपुटियो।

यति दुख गरे स्बदेशमै पनि सुन फल्छ!!
समझियो दुख!जब परिबारबाट छुटियो।।

छुट्टीमा भरेपछि दुई गिलास शान्ति रस
साथीभाईसँग पिडा ओकल्दै भुट्भुटियो।

बिभेद विरुद्ध बोल्ने,मानब भएर बाच्ने,
सोच्दा सोच्दै लरबराएर खुट्टा गुटमुटियो।।

राम सुन्दर बस्नेत ,कोरिया 

0 comments

Write Down Your Responses

-->