मार्चको तेस्रो साता उर्जा मन्त्री जनार्दन शर्मा कोरिया आउने

 मञ्जु गुरुइ०
उर्जा मन्त्री जनार्दन शर्मा आगामी मार्च महिनाको तेस्रो साता दक्षिण कोरिया आउने भएका छन् । नेपालको उर्जा क्षेत्रमा कोरियामा रहेका नेपालीहरुको लगानी भित्राउने बारे अन्तरक्रिया गर्न मन्त्री शर्मा कोरिया आउन लागेको कार्यवाहक राजदुत किरण शाक्यले जानकारी दिनुभयो ।

गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) कोरिया र राजदूतावासको संयुक्त आयोजनामा मार्च १९ तारिख गरिने अन्तरक्रिया कार्यक्रको लागि मन्त्री शर्मा कोरिया आउने भएका हुन् । मन्त्री संगै नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिइ० पनि आउने तयारी भइरहेको एनआरएनए कोरियाका महासचिव दिपक पुनले जानकारी दिनुभयो ।

उर्जा मन्त्रालयको अभियान ” नेपालको पानी जनताको लगानी ” शिर्षकमा आधारित रहेर सरकारले कोरियाका लागि छुट्टै परियोजना तयार गर्न सकिन्छ की , र त्यसको लागि कोरियामा रहेका नेपालीहरुलाई आवश्यक लगानी बारे छलफल गरिने महासचिव पुनले बताए । साथै अन्तरकृयामा कोरियाबाट भित्रिने रेमिटेन्सलाई विकासमा लगानी गर्ने र सरकारबाट सुरक्षित र सुनिश्चित लगानीको प्रतिबद्धता लगायत विभिन्न विषयमा छलफल गरिने छ ।

0 comments

Write Down Your Responses

-->