कोरियाको फेन्थेकमा भजन कीर्तन सगै बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न



लेखनाथ पराजुली   
-२२ फेब्रुवरी ,२०१७  कोरिया l
नेपाली परम्परा तथा सस्कृति लाई जोगाउदै स्वस्थानी तथा शिभरात्रीको महान   अवसर पारी कोरियामा पनि आफ्नो
धर्म,सस्कृति परम्पराको जगेर्ना ,प्रबाशी नेपालीको एकताको कामना भन्ने मूल भावसहित भव्यताका साथ भजन-कीर्तन तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको l फेन्थेक माईग्रेन्ट सेन्टर नेपाली समितिको पहलमा फेन्थेकमा आयोजित सो कार्यक्रममा कोरियाका बिभिन्न ठाउबाट आएका भक्तजनहरुको -आफ्नो भजन प्रस्तुतिका बीच एकल तथा  सामुहिकरुपमा गीत गायनका साथ नृत्यहरुले नेपालीपनको आभाष दिलाएको थियो l कार्यक्रमको प्रथम चरण अन्तर्गत स्वस्थानी ब्रत कथाका केहि महत्वपूर्ण  अध्याय फेन्थेक नेपाली समितिकाध्यक्ष तथा धार्मिक सयोजक श्यामकृष्ण रेग्मी द्वारा बाचन गरी पुस्प गुच्छा सहित पुजा आराधना संचालन भएको थियो lकार्यक्रमको महत्व दर्शाउदै शुभकामना संदेश तर्फ उपस्थित  अतिथिहरुले आआफ्नो छोटो शुभकामना राखेका थिए lदोश्रो चरण को कार्यक्रममा पुर्कोट घर सास्कृतिक समुह लगाएत अन्य एकल तथा सास्कृतिक समुहहरु  द्वारा बिशेष भजनकीर्तन, लोक गीत  प्रस्तुतिहरु ले उपस्थित सबैलाई नचाएको थियो l

सस्थाका सचिब लेखनाथ पराजुली द्वारा संचालित सो कार्यक्रम  झन्डै साझ बजे सम्म झुमेको थियो l   गत बर्ष देखि सुरुवात गरीएको पुजाआजा तथा भजन किर्तन कार्यक्रम यसपटक पनि नेपालीहरुको बाक्लो उपस्थितिमा नेपाली परिकारहरु सगै चियापान गरी अत्यन्तै रमाइलो बातावरणमा टुंग्याईएको थियो

संबन्धित तस्बिरहरु :-





 

,

0 comments

Write Down Your Responses

-->