कास्की परीवार द्वारा फुटबल खेल लगाएत सस्थागत कार्यक्रमहरु सार्बजनिक

"संगठित समुह नै प्रदेशको सहारा होभन्ने मुल नाराका साथ प्रवासी भूमी .कोरियामा सामाजिक क्षेत्र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारले सस्थामा आबद्ध रहेर  खेलकुद क्षेत्रमा, कार्यसमितिमा साथै विभिन्न तवरबाट सहयोग पुर्याउनु भई इपीएस अवधि सकेर नेपाल जान लाग्नुहुने कास्केली महानुभावहरुलाई आउदो मार्च तारिख आईतबार सम्मान तथा  बिदाई  कार्यक्रम आयोजना गरेको छ l  गत फेब्रुवरी १९ तारिख नेपाल हाउसमा भएको कार्यसमिति,सल्लाहकार हरुको उपस्थितिमा भएको विषेश  बैठकले उक्त निर्णय गर्दै थप अन्य निर्णय हरुमा बार्षिक साधारणसभा तथा अधिबेशन  पनि आउँदो अप्रिल २ तारिखमा आयोजना गरिने  तय गरेको  । बैठकमा  आगामी छैठौ महिना  जुन दोश्रो  हप्ता कास्की परीवार द्वारा फुटबल खेल प्रतियोगिता संचालन गर्ने पनि निर्णय गरेको छ l फुटबल खेल तथा अधिबेसन सम्बन्धित बिस्तृत जानकारी क्रमश प्रकाशन गरिने जनाएको छ l तसर्थ कास्की परीवार सग आबद्ध  कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई  पूर्ण सहयोगको साथै हार्दिक आमन्त्रण गरीएको छ l  
 विवरण : सम्मान तथा  बिदाई  कार्यक्रम
मिति:- मार्च ०५  आईतबार
समय:- ठिक १२ बजे  
स्थान:- नेपाल हाउस दोंग्देमुन 

कास्की परीवारको सुचना विवरण :-
.सचिव श्री विशाल गुरुङ्ग कार्यसमितिको सदस्य श्री पूर्ण चन्द्र अधिकारी,श्री रोशन गुरुङ्ग,सल्लाहकार श्री कृष्ण पुरी तथा फुटबल र भलिबल खेलाडीहरु आफ्नो कोरियाको ४वर्ष १० महिनाको बसाई पूरा गरि स्वदेश फिर्ताहुने क्रममा बिदाई गरिने।   
. आउँदो जुन (छैठौं) महिनामा फुटबल कार्यक्रम आयोजना गरिने निर्णय गरिएको छ जुन कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्लाहकार श्री क्षेत्र गुरुङ्गज्युको संयोजकत्वमा सात सदस्यीय उपसमिती गठन गरिएको छ।  
. अप्रिल २ तारिख आइतबार दिन कास्की परिवारको साधारणसभा तथा अधिवेशन गरिने र अधिवेशनलाई सफल पार्नको लागि आ-आफ्नो तर्फबाट पूर्ण रूपमा सकृय रहँदै सम्पूर्ण कस्केलीहरुलाई समेट्ने गरि नयाँ कार्यसमिति चयन गरिने।

साथमा कास्की परिवारका सल्लाहकार श्री लक्ष्मी लामा गुरुङ्गज्युले यस वर्ष फुटबल खेलाडीहरुको लागि ड्रेस सौजन्य गर्ने घोषणा गर्नुभएकोले सहयोगी मनकी धनी वहाँलाई  कास्की परिवार हार्दीक हार्दिक धन्यवाद ज्ञापन गर्दै वहाँको उज्ज्वल भविष्य र सफलताको शुभकामना व्यक्त  गर्दछ। 

-प्रकाशित मिति :- २२ फेब्रुवरी ,२०१७ ,कोरिया ।  

,

0 comments

Write Down Your Responses

-->