नेवा पुचः कोरियाद्वारा बोनम्यारो क्यान्सरको बिरामीलाइ सहयोग हस्तान्तरण

रमेश खावाजु ,
कोरियामा नेवा पुचःद्वारा बोनम्यारो क्यान्सर पिडित बिरामी नाइसा शाक्यको लागि संकलित रकम  नेपालमा  बिरामीकी आमालाइ  नेवा पुच नेपाल ,कोरिया तथा प्रज्ञा ध्यान केन्द्रद्वारा आयोजित एक  कार्यक्रममा हस्तान्तरण गरेका छन् l

फागुन ७ गते सनिबार टेकुको प्रज्ञा ध्यान केन्द्रमा नेवा पुचः कोरियाबाट संकलित रु  १ लाख १ सय  र प्रज्ञा ध्यान केन्द्रमा संकलित रु १७ हजार गरि जम्मा रु १ लाख १७ हजार १ सय  धरान निवासी बिरामीकीआमा इन्दु शाक्य लाइ नेवा पुचः कोरियाका अध्यक्ष सानु प्रजापति तथा पुर्व अध्यक्षहरु द्वारा संयुक्त रुपमा हस्तान्तरण गरेका थिए  l  कार्यक्रममा नेवा पुचः कोरियाका अध्यक्ष सानु प्रजापतिले सेवा नै धर्म हो भन्ने नाराका साथ नेवा पुचः कोरियाले स्थापनाकाल देखि आर्थिक अबस्था निकै नाजुक रहेका कोरियाका तथा नेपालका बिरामीहरुलाइ  आर्थिक सहयोग गर्दै आइरहेको बताए l अध्यक्ष प्रजापतिले यो बर्ष  मृत्यु संग लडिरहेकी आर्थिक अवस्था कमजोर भएर उपचार गर्न धौ धौ अवस्थामा रहेकी  बोनम्यारो क्यान्सर पिडित सांगीतिक कलाकार नाइसा शाक्यलाइ सहयोग गरेको पुन बताए l त्यस्तै  कार्यक्रमका प्रमुख अतिथि नेवा दे दबुका अध्यक्ष नरेश ताम्राकारले कोरियामा श्रम गरेर आफ्नो देशमा आर्थिक अवस्था दयनीय रहेकी बिरामी बालिकाको उपचारको लागि सहयोग गरेकोमा नेवा पुच कोरियाका साथीहरुको कार्यको प्रशंसा ब्यक्त गरे l

बोनम्यारो क्यान्सर भएर  मृत्यु संग लडिरहेकी धरान निबासी  सांस्कृतिक कलाकार समेत रहेकी नईशा शाक्य बिगत १ महिना देखि नै निजामति कर्मचार्य अस्पतालमा भर्ना  भएकी छिन l  अस्पतालका जानकारी अनुसार पिडितलाइ बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने भएकोले सो कार्य गर्नको लागि रु २०  लाख भन्दा माथि खर्च हुने बताए l  बिरामीका अबिभाभक भाडा बनाउने पेशालाई अंगाल्दै जिबन गुजारा गर्दै आएका छन् l बिरामीकी आमा इन्दु शाक्यले नाइसाको उपचारमा सहयोग गर्नु हुने नेवा पुच कोरियाका साथीहरु , प्रज्ञा ध्यान केन्द्र तथा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाइ मुरी मुरी धन्यबाद ब्यक्त गरिन l

 नेवा पुच नेपालका अध्यक्ष गुरुजु डा.नबिन बज्राचार्यको सभापतित्व बिहान १० बजे देखि करिब ११:३० सम्म संचालित कार्यक्रममा अध्यक्ष डा.गुरुजु नबिन बज्राचार्य ,अतिथि नेवा पुच कोरियाका निर्बतमान अध्यक्ष मुस्यान , नेवा दे दबु सुनसरीका अध्यक्ष सरला कायस्थ  तथा प्रज्ञा ध्यान केन्द्रका उपाध्यक्ष दिलिप शाक्यले आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए l सो कार्यक्रममा नेवा पुच नेपालका उपाध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले स्वागत मन्तब्य , समापन   अध्यक्ष गुरुजु डा.नबिन बज्राचार्यले तथा कार्यक्रम संचालन सचिब सुनिल डंगोलले गरेका थिए l

,

0 comments

Write Down Your Responses

-->