कोरिया आउँदै गरेकालाई सुझाब

राम सुन्दर बस्नेत 
-गजल-


कोरिया बारे राम्म्ररी नबुझी ,भाषा नघोक्दा हुन्छ।
अफिसमा बसेर काम गर्ने बिचार नबोक्दा हुन्छ।

कोरिया  अबसर साथै चुनौतिको  पहाड हो जान्नु,
परिश्रमि  गर्ने सक्छु भन्ने कसैलाई नरोक्दा हुन्छ।

नेपाल  बसेर 'कोरियामा  महिनामा लाखौ कमाई',
कोरिया नआई कसैलाई यस्ता गफ नठोक्दा हुन्छ।

पैसाको सिरानी, राजधानीमा  घर-घडेरी चार आनी,
भाषा पास भएदेखी घर-जग्गा मुल्य नतोक्दा हुन्छ।

कोरिया आउँनु,मेहनतले कमाउँनु,घरबार जमाउँनु,
तर हल्ला सुनेकै भरमा, कोरिया बारे नखोक्दा हुन्छ।
-राम सुन्दर बस्नेत ,कोरिया 

0 comments

Write Down Your Responses

-->