कोरियामा काभ्रे सम्पर्क समितिको अधिबेशन सम्पन्न , अध्यक्षमा सिताराम तिमल्सिना

नमस्ते नेपाल कोरिया डट कम 
काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको पाँचौं अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ।सउलको होटेल ईण्डीया प्यालेसमा यहि जनवरी २८ मा भएको अधिबेशन बाट सिताराम तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती सर्वसम्मत रुपमा निर्वाचित भएको छ।संस्थाका संरक्षक सल्लाहकार यम श्रेस्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व सस्थाकै निबर्तमान अध्यक्ष गणेश तिमल्सिनाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रकाश योन्जनले गर्नु भएको हो।
दक्षिण कोरिया बासी काभ्रेलीहरु एक हौं काभ्रेको बिकाशमा टेवा पुर्‍याँउ भन्ने उद्देश्यका साथ सन २०११ मा काभ्रे सम्पर्क समितिको स्थापना भएको थियो।
कार्यक्रममा स्स्थाका निबर्तमान सचिब गोबिन्द गौतमले संसाथाले हाल सम्म गरेको सामाजिक कार्यहरुमाथी प्रकाश पार्दै प्रवाशी भुमिमा खेल्नु पर्ने भुमिकाको बारेमा आमन्त्रीत काभ्रेली हरुलाई प्रस्ट पार्नु भएको थियो।प्रवाशी भुमिमा ब्यस्त समयका बाबजुद संस्थाले गरेको सामाजिक काम प्रती सम्पुर्ण उपस्थित जिल्लाबासीहरुले खुलेर प्रशंसा गर्दै नयाँ बन्ने समितिले पनि यो साखलाई अझै उचो बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो।



आफ्नो धारणा राख्ने क्रममा संस्थाका सल्लाहकार संरक्षक यम श्रेष्ठले सुरुवाती दिन देखि हालसम्मका उतारचढाव तथा संस्थागत एकताको बिषयमा खुलेर अनुभव बाँड्नु भएको थियो।समितिका निबर्तमान अध्यक्ष गणेश तिमल्सिना, सल्लाहकार हरिकृष्ण श्रेस्ठ, अतिथी रामेछाप सम्पर्क समितिका अध्यक्ष गोबिन्द गौतम लगायतले आफ्नो महत्त्वपूर्ण भनाईको साथमा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो
निर्वाचित समितिले आउने दिनहरुमा काभ्रे सम्पर्क समिती दक्षिण कोरियालाई अझै मजबुद,एकताबद्द र काभ्रेली हरुको साझा चौतारीको रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ।



नव गठित कार्य समिती यसप्रकार रहेको छ:-
अध्यक्ष:-सिताराम तिमिल्सिना
ब.उपाध्यक्ष:-सानुकान्छा वाइबा
उपाध्यक्ष:-प्रदिप चौंलागाँई
सचीव:-प्रकाश योन्जन
सह सचिब:-मुकुन्द गौतम
कोषाध्यक्ष :-अनिता श्रेष्ठ
सदस्य:-
स्वस्तिक चौंलागाई
राजु तिमिल्सिना
सुमन ढुंगाना
सुमन चौलागाईं
शुरेश श्रेष्ठ

,

0 comments

Write Down Your Responses

-->