अर्घाखाँची सम्पर्क मञ्च कोरियाको अध्यक्षमा दिनामणी पौडेल चयन

नमस्ते नेपाल कोरिया डट कम 
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । प्रवासमा सहकार्य ,सहयोग र एकता मातृभूमिको आस्था जिल्लावासीको प्रतिवद्धता भन्ने मुख्य उद्देश्य र नारा सहित दक्षिण कोरियामा रहेका जिल्लावासीहरुको भेलाले नयाँ कार्यसमितिको गठन गरेको छ ।

जसमा अध्यक्ष  दिनामनी पौडैल, वरिष्ठ उपाध्यक्ष भरत पाण्डे, उपाध्यक्षद्वय मिन राज पोख्रेल र सुन्दर पन्थी, सचिव फर्सु पौडेल, सह–सचिव मनोज बेल्वासे, कोषाध्यक्ष राज खनाल सह–कोषाध्यक्ष टिकाराम पोख्रेल, रहनु भएको छ । त्यसैगरी महिला विभाग संयोजक विष्णु वञ्जाडे र सदस्यहरुमा कमल पौडेल, बावुराम अर्चाय, प्रकाश पोख्रेल, नारायण वेल्वासे, बावुराम पोखे्रल, दिपक राज बञ्जाडे, टंक भूसाल, पुस्कर पौडेल, विष्णु पौडेल, कृष्ण खनाल, चयन हुनुभएको छ ।

कार्यक्रममा विभिन्न परोपकारी कार्यमा संयोजकको भूमिका निर्वाह गर्नुहुने र संंस्था लाई स्थापना कालदेखि सहयोग गर्नुहुनेलाई सम्मान गरिएको थियो । युवराज पाण्डेको सभापतित्व, एन.सी.सी कोरियाकी उपाध्यक्ष अन्जुकेसीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा निर्मल वेल्वासे, लेखनाथ पोख्रेल लगायतले संस्थाको विगत र भावी भूमिकामा धारणा राख्नुका साथै नवगठित कार्यसमितिलाई बधाई  तथा सफल कार्यकालको सुभकामना व्यक्त गरिएको थियो

,

0 comments

Write Down Your Responses

-->