कोरियामा २१४४ औ ह्योल्मो सोनाम ल्होसार सम्पन्न

निर्मल महर्जन, सउल दक्षिण कोरिया,
  "ह्योल्मो सम्पर्क समिति" आफनो ह्योल्मो जातिको संस्कृति, परम्परा र रितिरिवाजलाई जगेर्ना गर्ने, सामाजिक र धार्मिक क्रियाकलापमा आफना केहि योगदान पुर्याउने उद्धेश्यले स्थापित संस्था हो । यस उद्धेश्यलाई आत्मासात गर्दै विगतका वर्षहरुमा झै यस वर्ष पनि ह्योल्मो सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजित २१४४औ मेह म्हो ज्या ल्हो ह्योल्मो सोनाम ल्होसार (छेवा चिक) को दिन सफलता पूर्वक  सम्पन्न गरियो ।

सऊल नेपाल गुम्बाका प्रमुख  लामा कुन्साङ दोर्जे ज्यू को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दक्षिण कोरिया स्थित विभिन्न  जातिय तथा सामजिक संस्थाका व्यक्तित्व, ह्योल्मो सम्पर्क समितिका पूर्व प्रतिनिधिहरू तथा कोरियामा आफ्नो कर्मभूमि बनाउँदै रोजगारीको सिलसिलामा रहेका ह्योल्मो दाजु-भाई ,दिदी-बहिनीहरुको बाक्लो उपस्थिति  रहेको थियो । उक्त अवसरमा आफ्नो देश, गाँउघरमा झै सर्वप्रथम "ध्वाजा, लूङता"चढाई धार्मिक विधिद्वारा "साङ सेर्किम" गरी ल्होसारको "ल्हापसोल" कार्यक्रम गरियो । सो अवसरमा समितिका अध्यक्ष श्री पेम्बा दोङबा ह्योल्मो ज्यू बाट उपस्थित सम्पूर्ण ह्योल्मो वन्धु हरुको सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर  प्रगतिको कामना गर्दै "क्षेमार" प्रदान गर्नु भयो ।

तत्पश्चात ल्होसारको मुख्य परिकार  "देर्का" क्षेपा गरि ग्रहण गरियो। प्रमुख अतिथि सऊल नेपाल गुम्बा का प्रमुख लामा कुन्साङ दोर्जे ज्यूले आफ्नो शुभ-कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। सो अवसरमा आफ्नो ह्योल्मो कला सांस्कृति लाई बढी जोड दिदै  ह्योल्मो सम्पर्क समितिका कलाकारहरू द्वारा स्वागत गान (तेम्रेल लू) "टाशी देलेक" प्रस्तूत गर्नु भयो । एक आपसमा शुभकामना साटासाट गर्दै सम्पन्न उक्त कार्यक्रममा सांस्कृतिक ’’ छ्यांगलू,श्यहाब्रु" कार्यक्रमको विशेष आकर्षण रहेको थियो ।

,

0 comments

Write Down Your Responses

-->