दक्षिण कोरियामा किरायाको कार्यक्रम ऐतिहासिक सफल

किरात राई यायोखा दक्षिण कोरियाले कोरियाको नया बर्स तथा महान चाड सलनालको अबसर पारेर दुई ठुला बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।किरात राई यायोखा दक्षिण कोरिया केन्द्र सौल र किरात राई यायोखा शाखा बुसानले फरक फरक ठाउमा फरक फरक उद्देश्य राखेर कार्यक्रम सम्पन्न गरेको हो।

गत जनवरी २७ बुसानमा किराया बुसान शाखाले दुर्गम पहाडी जिल्लाको बिध्यार्थी बालबालिकाहरुको लागि आर्थिक सहयोगार्थ भन्दै यलम्बर साङ्गितिक सौगात भाग १ नाम दिएर कार्यक्रमको आयोजना गरेको थियो भने गत २८ जनवरिमा कोरियाको राजधानी सौलमा किराया दक्षिण कोरिया केन्द्रले सुम्निमा साङ्गितिक सौगात भाग ३ नाम दिएर सुम्निमा घरको स्थापनार्थ कार्यक्रमको आयोजना गरेका थिए।सो (दुबै तिर) कार्यक्रममा नेपालबाट झिकाईएका बहु चर्चित गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य लगायत गायिका तथा उद्दघोसिका कोमल वलि, बेलि डान्सर पृती आलेमगर, हट डान्सर रन्जिता लिम्बू सङ्गै चर्चित हास्य कलाकार राजा राजेन्द्र पोख्रेलले आ आफ्ना ताजा प्रस्तुती दिएका थिए।केही स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिएको सो (दुबै) कार्यक्रममा गर्मागर्मी बढेको थियो।

यलम्बर साङ्गितिक सौगात भब्य रुपमा सम्पन्न भएको किरात राई यायोखा दक्षिण कोरिया बुसान शाखाका सचिब उमेश मेवाहाङ राईले जानकारी गराए।उता सौल केन्द्रमा पनि सुम्निमा साङ्गितिक सौगात भब्य रुपमा सम्पन्न भएको किरात राई यायोखा दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बालकृस्ण बान्तवाले बताए।

औपचारिक रुपमा सुरुवात गरिएको कार्यक्रममा कार्यक्रमको सभापतित्व (यलम्बर साङ्गितिक सौगात भाग १) किराया बुसान शाखाका अध्यक्ष आनन्द राईले गरेका थिए भने ( सुम्निमा साङ्गितिक सौगात भाग ३) किराया केन्द्रका अध्यक्ष बालकृस्ण बान्तवाले गरेका थिए।प्रमुख अथिती लगायत अन्य विभिन्न सङ सस्थाका प्रतिनिधिहरुले सुभकामना मन्तब्य दिएको उत्त (दुबै) कार्यक्रम एतिहासिक सफल भएको जानकारी किरात राई यायोखा दक्षिण कोरियाले दिएको छ।कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका निभाईदिनु भएको भन्दै किरात राई यायोखा दक्षिण कोरियाले कोरियावासी सम्पुर्ण नेपालीहरु प्रती आभारी रहेको समेत जनाएको छ। -Source - vision nepal tv

,

0 comments

Write Down Your Responses

-->