कोरियामा सोलु सम्पर्क समीतीको आठौं अधिवेशन सम्पन्न

नमस्ते नेपाल कोरिया ,सुवन 
सुवन, कोरियामा रहेको सोलुखुम्बुबासीहरुको साझा संस्था सोलु सम्पर्क समितीको आठौं अधिवेशनले  टिआर खालिङको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

 जनवरी 29 तारीक कोरीयाको सुवन स्थित हिमालयन सोलु सेल्टरमा भएको  कार्यक्रममा संस्थाको तदर्थ समितीका सचिव टिआर खालिङको अध्यक्षतामा १३  सदस्य नयाँ कार्य समिती चयन गरीएको हो । समितीमा बरिष्ठ उपाध्यक्ष पासङ शेर्पा, उपाध्यक्ष हेमकर्ण  राई र भुवन ढुङगना, सचिव धर्मपुजन सुनुवार, स-सचिव जोकराज कुलङ र कोषाध्यक्षमा केदार कुलङ रहेका छन । त्यस्तै सदस्यहरुमा अमर थुलुङ, पर्शुराम विसी,एलिशा राई, अर्जुन निरौला, भिम कुलुङ,सन्तोश राई, चैन भएका छन ।
कोरियामा नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आई रहेको सोलु सम्पर्क समितीका सल्लाहकार  तथा संरक्षक  दावा  तामाङको प्रमुख अथितीत्वमा र निवर्तमान अध्यक्ष प्रकाश राईको सभापतित्वमा भएको उक्त अधिवेशनमा सचिव टिआर खालिङले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य अनुपजंग बस्नेतले गरेका थिए । त्यसै गरी कार्यकाल भरीको कार्यक्रम प्रगती प्रतिवेदन सचिव टिआर खालिङ र आर्थिक प्रतिवेदन कोषध्यक्ष हरिचन्द्र राईले पेस गरेका थिए ।  मन्तव्यको कार्यक्रममा उपस्थित सम्पूर्ण शुभचिन्तक दाजुभाई तथा दिदीबहिनीहरुद्रारा सोलु सम्पर्क समितीको अधिवेशनलाई शुभकामना दिनु भएको थियो ।

0 comments

Write Down Your Responses

-->