तामाङ् संघ कोरियाको आठौँ अधिबेशन सम्पन्न अध्यक्षमा उईना सिं तामाङ्


 आठौँ कार्य समितिका पदाधिकारीहरु (फोटो) - राजु
जीबी लामा /सोल/कोरिया – नेपाल तामाङ् संघ द. कोरियाले उईना सिं तामाङ् लाई अध्यक्षमा सर्बसम्मतले चुन्दै आठौँ अधिबेशन सम्पन्न गरेको छ ।
हाम्रो संस्कृति हाम्रो पहिचान’ तामाङ भाषा, कला, संस्कार जोगाउन हाम्रो एकता । तामसालिङ प्राप्ति र आर्थिक सम्बृद्दिमा हाम्रो एकेबद्दता ” भन्ने मुल नाराको साथ गत फेब्रुअरी १३ मा  सौल स्थित नेपाल हाउसमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्य पदाधिकारीहरु पनि सर्बसम्मतले चयन भएका छन । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष क्रमसः – प्रकाश ब्लोन तामाङ (काभ्रे) सुबास तामाङ (काभ्रे) प्रदिप तामाङ (काभ्रे) रहेका छन् । महासचिब : मेघ वाईबा तामाङ (लम्जुङ) र सचिबहरु क्रमसः राजु गाल्देन तामाङ (धादिङ), स्नेह लामा तामाङ (काभ्रे)र बाबुलाल मोक्तान तामाङ (मकवानपुर) रहेका छन् । यसैगरी कोषाध्यक्ष : जीवन तामाङ (धनुषा) र सदस्यहरु क्रमसः जसु तामाङ (चितवन), अमन थिङ तामाङ (भक्तपुर), बासु तामाङ (रामेछप), बिजय तामाङ (मकवानपुर), फुर्बा तामाङ (नुवाकोट), बम ब.तामाङ (रामेछाप), नरेश रत्न तामाङ (नुवाकोट), राजिब घिसिङ तामाङ (रामेछप), बिजय योन्जन तामाङ(काठ्मान्डौ) र राजेन्द्र तामाङ गोले (सुनसरि) रहेका छन् बाँकि २ जना पछि मनोनीत गर्ने संघले बताएको छ ।
कार्यक्रमको उद्घाटन गर्नु हुदै राजदुत कमान सिं लामा - राजु (फोटो)
कार्यक्रमको उद्घाटन गर्नु हुदै राजदुत कमान सिं लामा – राजु (फोटो)
कार्यक्रमका प्रमुख अतिथि राजदुत कमान सिं लामाले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए । स्वागत मन्तब्य राख्दै संघका उपाध्यक्ष प्रकाश ब्लोनले संस्थाले गरेको बिभिन्न गतिबिधि माथि प्रकाश पर्दै व्यस्तताको बाबजुद पनि उल्लेख्य काम गरेको बताए । सुभकामना मन्तब्य राख्दै महामहिम राजदुत कमान सिं लामाले आफ्नो जाति धर्म कला संस्कृति सम्रक्षण सम्बर्द्धन गर्न र हक हित र अधिकारको निम्ति लड्न प्रतिबद्द रहने नेत्रित्व चुन्न सकोस भन्दै सुभकामना ब्यक्त गरे । यसै गरि जनजाती महासंघ द कोरियाका कार्यबाहक अध्यक्ष पबन चामलिंग राईले सुभकामन मन्तब्य राख्दै जनजातिका जात बिशेष भाषालाई राज्यले दोस्रो भाषाको रुपमा अझै पनि स्वीकार गर्न नसक्नु र जातिय एकतामा अहिले फुट आउनु दुखको कुरा भएको बताउदै एकजुट हुन् आग्रह गरे । साथै शिक्षामा बिशेष जोड दिन आग्रह पनि गरे ।

तामाङ् बौध महासंघ द.कोरियाका उपाध्यक्ष पेमा कुन्साङ् लामाले सुभकामना व्यक्त गर्दै अहिले तामाङ् हरु धर्म परिबर्तन गर्नु दुखको कुरा भएको बताउदै तामाङ् समुदाएले अब रोक्नको लागि पहल गर्नुपर्ने बताए । जनाधिकार मंचका उपाध्यक्ष चन्द्र तामाङ्ले राजनीतिक मुद्दा बिभिन्न भएपनि आफ्नो कला संस्कृति संरक्षण र हक हितको लागि सम्पूर्ण तामाङ् एक ठाउमा हुनु पर्ने बताए ।
उद्घाटन समारोहको समापन गर्दै कार्यक्रमका सभापति देब सिं तामांगले आफ्नो कार्यकालमा सफल बनाउन साथ दिनु हुने सम्पूर्ण तामाङ् समुदाय बिभिन्न संघ संस्था हरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग निरन्तर रहने बाचा गरे ।
नयाँ र पुरानो कार्यसमितिका पदाधिकारीहरु सामुहिक फोटो खिचाउदै (फोटो ) - राजु
नयाँ र पुरानो कार्यसमितिका पदाधिकारीहरु सामुहिक फोटो खिचाउदै (फोटो ) – राजु
नब निर्बाचित सम्पूर्ण पदाधिकारी हरुलाई निर्बाचन मण्डका सदस्य तथा तामाङ् संघका सल्लाहकार रेगन तामाङ्ले सपथ खुवाई सम्मान गरेका थिए   आफुलाई र सम्पूर्ण आठौँ कार्यसमिति लाई सर्बसम्मत चयन गरिदिएकोमा नब निर्बाचित अध्यक्ष उईना सिं तामाङ्ले हार्दिक धन्यवाद दिदै आगामी दिनमा सम्पूर्ण लाई समेट्दै लाने बताए ।

संघका निवर्तमान अध्यक्ष देब सिं तामाङ्को सभापतित्वमा सम्पन्न उक्त उदघाटन सत्रमा जनजाती महासंघ द. कोरियाका कार्यबाहक अध्यक्ष पबन चाम्लिंग राई, एनसीसी का सचिब राजु तामाङ्, तामाङ् बौध महासंघ द.कोरियाका उपाध्यक्ष पेमा कुन्साङ् लामा, किराँत याक्थुम चुम्लुम द. कोरियाका महासचिव उत्तम लिम्बु , लम्जुंग परिवारका महासचिब मेघ प्रसाद वाईबा , जनाधिकार मंचका उपाध्यक्ष चन्द्र तामाङ्, मेची महाकाली युनाइटेड महासचिब राजु गाल्देन लगाएत अन्य संघ संस्थाका प्रतिनिधि हरु र तामाङ् र गैर तामाङ् हरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses

-->