कोरियामा खिचिएको तिमी आयौं जिन्दगीमा म्युजिक भिडीयो सार्बजनिक

नमस्ते नेपाल कोरिया सम्बादाता
१५ मार्च , २०१६ कोरिया ।
दक्षिण कोरियामा खिचिएको पुरुषोत्तम गौतम  द्वारा अभिनित  ‘तिमी आयौं जिन्दगीमा ’ म्युजिक भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भए संगै  गित र यसको भिडीयोको चर्चाले बजार तताउदै गहिरहेको छ। कोरियामा पछिल्लो चरणमा धेरै नेपाली गितहरुको म्युजिक भिडियो बनेको सन्दर्भमा फेरि अर्को सशक्त म्युजिक भिडियो सउलका रमणीय स्थानहरुमा कैद गरिएको छ।
केही समय यता नेपालको सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायक सौगात सायर द्वारा स्वरबद्द  बहुचर्चित गीत "तिमी आयौ जिन्दगीमा म त खुशी खुशी रहे"   म्युजिक भिडियो  दक्षिण कोरियामा छायांकन भई  "Decon picture" मार्फत  बजारमा आएको छ ।जसमा   दक्षिण कोरियामा  बस्दै आएका  पुरुषोत्तम गौतम र सुम्निका लिम्बुले अभिनय गरेका छन। संगीता आभास को शब्द तथा  गायक सौगात साएर कै   संगित रहेको यो गीतमा माया गर्ने  मान्छे आफ्नो जिन्दगीमा आए पछि को खुशी लाई सुन्दर ढंगबाट अभिव्यक्त  गरिएको छ  ।"दक्षिण कोरियाको सउल वरपरको मनोरम दृश्यहरु सहित छायांकन गरिएको 'तिमी आयौ जिन्दगीमा ' बोलको गीतले अबस्य  पनि देश बिदेश मा रहेका नेपाली समुदायको मायाँ पाउने बिश्वास छ" डाइरेक्टर कमल ओलिले बताए। एक दर्जन भन्दा धेरै  आधुनिक गीत र केहि ठुला चलचित्रमा समेत निर्देशन गरिसकेका कमल ओलिले  उक्त भिडियो छायांकन को क्रममा कोरिया को अत्यन्तै चिसो महिना फेब्रुअरीमा माइनस (-९) हुदा पनि भिडियो का नायक पुरुषोत्तम गौतम ले लगनसिल , उत्सुकता  साथ ससक्त अभिनय गरेर आफ्नो मन जितेको पनि उनले बताए। उनले भने "पुरुषोत्तम  गौतम  को यो पहिलो अभिनित भिडियो भए पनि उनी अरु चर्चित नेपाली कलाकार भन्दा कम छैनन्"।  उनले यो प्रयास लाई निरन्तरता दिन सके  उनि नेपाली गीत सङीत ,तथा अभिनय क्षेत्रमा मा राम्रो भबिस्य बोकेको कलकार रहेको   निर्देशक ओलिले बताए। माया गर्ने मान्छे को आगमन पछि  नयाँ जिबन पाए जस्तो भान हुने गरेको देखाउन खोजेको र युवा पुस्ताको प्रेम लाई प्रतिनिधित्व  गरेको यो म्युजिक भिडियो निकै उत्कृष्ट रहेको भिडियो का मोडेल  पुरुषोत्तम  गौतमको बिश्वास थियो। उनी कोरियामा बिगत चार बर्षदेखी कार्यरत छन। भिडियो को सम्पादन तथा ब्यबस्थापन क्रान्ति केसि ले गरेका हुन।
कोरियाबासी सम्पुर्ण नेपाली समुदायलाई युट्युबमा गएर यो गित सहजै हेर्न सकिने समेत बताइएको छ।

 भिडियो हेर्नुहोला :https://www.youtube.com/watch?v=8UgfpWoKrNc&feature=youtu.be

0 comments

Write Down Your Responses

-->